सुकुटेमा राफ्टिङ तथा कायाक च्याम्पियनसिप शुरु


टुरिजम पाना सिन्धुपाल्चोक । १० फाल्गुन २०७९
trishuli rafting white water challange
फाइल तस्वीर

सिन्धुपाल्चोकको सुकुटेबीचमा सातौं राष्ट्रिय राफ्टिङ तथा ११ औं राष्ट्रिय कायाक स्लालोम च्याम्पियनसिप शुरु भएको छ ।

नेपाल राफ्टिङ तथा कनोइङ संघ र बाग्मती प्रदेश खेलकुद परिषदको संयुक्त आयोजनामा सिन्धुपाल्चोकको सुकुटेबीचमा शुरु भएको प्रतियोगिता राफ्टिङतर्फ १५ टोली र कायाकमा ४६ महिला तथा पुरुष खेलाडीहरुले सहभागिता जनाएका छन् ।

प्रतियोगिताको सोमबार एक समारोहकाबीच नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा पुर्व पर्यटन, उद्योग तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले उद्घाटन गरे।

सुनकोशी नदीमा तीनदिन सम्म चल्ने प्रतियोगितामा हरेक इभेन्टसमा पहिलो दोस्रो र तेस्रो स्थान हात पार्ने खेलाडीहरुले १५ हजार,१० हजार र ५ हजार पुरस्कार प्रदान गरिने आयोजकले बताएको छ ।

१० फाल्गुन २०७९