रिभर फन बिच रिसोर्टका सञ्चालकले पाए क्वालिटी इन्टरटेन्मेन्ट अवार्ड


टुरिजम पाना काठमाडाैं । १ मंसिर २०७९
shanrkar adhikari

लामो समयदेखि पर्यटन क्षेत्रमा योगदान पुर्याएबापत रिभर फन बिच रिसोर्टका सञ्चालक शंकर अधिकारीले क्वालिटी इन्टरटेन्मेन्ट अवार्ड प्राप्त गरेका छन् ।

बिहीबार पूर्व उपराष्ट्रपति परमानन्द झाले अधिकारीलाई क्वालिटी इन्टरटेन्मेन्ट राष्ट्रिय पर्यटन व्यवसायी सम्मान २०७९ प्रदान गरेका हुन् ।

धादिङमा जन्मिएका अधिकारी दुई दशकभन्दा बढी समयदेखि पर्यटन व्यवसायमा संलग्न छन् ।

अधिकारीले गोरखाको चुमखोलामा रिभर फन, हिमालयन रिभर फन, रिभर फन जिपलाइन प्रालि, रियल एड्भेन्चर नेपाल प्रालि जस्ता कम्पनीमार्फत् पर्यटन क्षेत्रको विकासमा टेवा पुर्याएका छन् ।

१ मंसिर २०७९