अत्याधिक चिसोका कारण घोडा र खच्चड उद्धारमा समस्या, एजेन्सीहरूले देखाएनन् चासो !


टुरिजम पाना म्याग्दी । २ मंसिर २०७९
horse and mule

धाैलागिरी आधार शिविरमा पर्यटककाे भारी बाेकाएर लिएर गएका घाेडा र खच्चड उद्धारमा ट्राभल तथा हेलिकप्टर कम्पनीहरूले चासाे देखाएका छैनन । असाेजमा सामान बाेकेर गएकामध्ये २ वटा घाेडा र खच्चड ४० दिनसम्म जीवितै थिए ।

अत्यधिक चिसाे भएका कारण ती घाेडा र खच्चड त्यही अलपत्र परेका हुन् ।

गत असोज १७ गते आरोही र पर्यटकका सामग्री लिएर धौलागिरी आधार शिविर गएकामध्ये ४५ घोडा हिमपातका कारण मरेका थिए ।

अत्याधिक हिउँ परेपछि म्याग्दीको धवलागिरी गाउँपालिका-४ मा पर्ने धौलागिरी बेसक्याम्प गएकामध्ये बाँकी २ वटा १० दिनअघिसम्म जीवित नै रहेकाे ट्रेकिङ गाइडले देखेका थिए ।

स्थानीय इन्द्रसिंह शेरचनका अनुसार त्यहाँ दुई वटा घोडा र खच्चडमात्र जीवित थिए । अत्याधिक चिसो र हिउँका कारण ती दुवै घोडा र खच्चडलाई त्यहाँबाट पैदल झार्न सक्ने अवस्था नरहेकाले उद्धारमा समस्या भएको उनको भनाइ छ ।

दशैंको दिन भीषण हिमपातले अलपत्र भरिया र पर्यटक गरी १४ जनाको हेलिकप्टरबाट उद्धार गरिएपनि सामान लिएर गएका घोडाखच्चड अलपत्र परेका थिए ।

Ghoda ra khachhad vari bokera jadai

बाँकी रहेका ती घोडा र खच्चड १० दिन अघिसम्म जीवित रहेको भए पनि त्यसयता उनीहरूको अवस्था कस्तो छ थाहा नभएको एनिमल नेपालले जानकारी दिएको  छ।

एनिमल नेपालकी सूचना अधिकृत राधा गुरूङका अनुसार घोडाहरू अलपत्र भएको ठाउँमा हिउँ परिरहेकाले पैदल गएर उद्धार गर्न सक्ने अवस्था छैन ।  उद्धारका लागि हेलिकप्टर र ट्रेकिङ कम्पनीहरूले खासै चासो नदिएको अधिकृत गुरूङले बताइन् ।

horse and khachhad

गुरूङले भनिन्,  ‘हेलिकप्टरबाट उद्धार गर्न पनि रिस्क छ, धेरै दिनदेखि खान पाएका छैनन्, हेलिकप्टरबाट बोकेर लैजानुपर्छ । उद्धारका लागि सहयोग गर्ने हेलिकप्टर कम्पनीहरू अहिलेसम्म पाएको छैन ।’

हेलिकप्टरबाट उनीहरू जीवित भए नभएको पत्ता लगाउने र खानेकुरा दिने भन्ने कुरा भए पनि कसैले सहयोग गर्न तयार नभएको उनको भनाइ छ ।

तस्वीरहरू : इन्द्रसिंह शेरचन

२ मंसिर २०७९