चुनावको दिन पोखरामा पर्यटन व्यवसाय बन्द


टुरिजम पाना कास्की । २ मंसिर २०७९
Pokhara lakeside

प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै निर्वाचनका दिन कास्कीमा पर्यटन व्यवसाय बन्द हुने भएका छन् ।

आगामी आइतबार हुने निर्वाचनका लागि शान्ति सुरक्षालाई मध्यनजर गर्दै मंसिर ४ गते पर्यटन सम्वद्व सम्पूर्ण व्यवसाय सहित रात्रीकालिन मनोरन्जनात्मक व्यवसाय समेत बन्द गर्ने निर्णय गरेको हो ।

यस्तै, कात्तिक ३० देखि मंसिर २ गते राती १० बजेसम्म, चुनावको अघिल्लो दिन राती ८ बजेसम्म र चुनाव सकिएपश्चात चुनावको परिणाम नआउँदासम्म राती १० बजेसम्म मात्र यस्ता व्यवसाय खोल्न पाउने निर्णय गरिएको हो ।

प्रशासनको यो निर्णयले पोखरामा पर्यटकको चाप हुने लेकसाइडमा पर्यटकको आवागमनलाई असर गर्ने भएको छ ।

२ मंसिर २०७९