रुपाकोट रिसोर्टले ल्यायो दशैं विशेष अफर


टुरिजम पाना पाेखरा । १३ आश्विन २०७९
Pokhara, Rupakot resort
रुपाकोट रिसोर्टबाट देखिएको माछापुच्छ्रे हिमाल र रुपा तथा बेगनास तालको दृश्य

पोखरा । कास्कीको रुपाकोटमा रहेको रुपाकोट रिसोर्टले चाडपर्वको अवसर पारेर दशैं विशेष अफर ल्याएको छ । रिसोर्टले ल्याएको दशैं अफर सेप्टेम्बर ३० देखि अक्टुबर ८ सम्म लागू हुनेछ । सेप्टेम्बर ३० भन्दा अगाडि नै बुकिङ गर्नेले १ हजारसम्म छुट पाउने रिसोर्टले जनाएको छ ।

रिसोर्टमा प्रिमियम भ्यु डिलक्सअन्तर्गत २१ हजार ९ सय ९९ मा डबल र १८ हजार ९ सय ९९ मा सिंगल रुम, बेस्ट भ्यु डिलक्सअन्तर्गत १९ हजार ९ सय ९९ मा डबल र १६ हजार ९ सय ९९ मा सिंगल रुम पाइनेछ ।

त्यस्तै स्ट्यान्डर्ड भ्यु डिलक्सअन्तर्गत डबल १८ हजार ९ सय ९९ र सिंगल १५ हजार ९ सय ९९ मा बुकिङ गर्न सकिनेछ ।

प्याकेजभित्र बोल्कोनीसहितका डिलक्स रुम, दशैं विशेष डिनर र ब्रेकफास्ट, लाइभ म्युजिक, स्वीमिङपुल, पर्यटकको आवश्यकताअनुसार योग र ध्यान सञ्चालन, विहान भ्यु टावरसम्म पुग्न गाइडको व्यवस्था र पोखरा विमानस्थल र लेकसाइड आउनेजाने सटल बसको सेवा पनि समावेश गरिएको छ ।

योबाहेक एक रातको गेटवे प्याकेज, रेस्ट एन्ड रिल्याक्स, रुपाकोट रोमान्स प्याकेज, स्वीमिङ प्याकेज पनि रहेका छन् ।

आन्तरिक एवं बाह्य पर्यटकहरुको रोजाइमा पर्ने रुपाकोट रिसोर्टबाट अन्नपूर्ण र माछापुच्छ्रे हिमालको दृश्यावलोकन गर्न पाइन्छ । पाँच तारे स्तरको सेवा सुविधा उपलब्ध गराउँदै आएको रिसोर्टले ५० करोडभन्दा बढीको लगानीमा पुरानो नेपाली संस्कृति झल्काउने विशाल संरचना निर्माण गरेको हो ।

झन्डै २ सय रोपनी क्षेत्रफलमा फैलिएको यस रिसोर्टमा १४ वटा परम्परागत शैलीका भवन रहेका छन् । रिसोर्टले स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै आएको छ ।

१३ आश्विन २०७९