धुलिखेल । काठमाडौंबाट ३० किलोमिटरको दुरीमा धुलिखेलमा रहेको होटल सारथीलाई चाडपर्वलाई लक्षित गर्दै आफ्नो सेवामा २० प्रतिशत छुटको अफर ल्याएको छ ।
यसअन्तर्गत जोडीका लागि डिलक्स कोठा ५ हजार ६ सय, स्वीट रुम ७ हजार दुई सयमा बुकिङ गर्न सकिन्छ । यसैमा लेभिस अमेरिकी ब्रेकफास्ट पनि समावेश गरेको छ । यसबाहेक रुम सर्भिस, लन्ड्री सर्भिस, मनि एक्सचेन्जलगायतको सुविधा पनि रहेको छ ।
धुलिखेल तथा आसपासमा रहेका यूवाहरुबाट २५ करोडको लागनीमा होटल सारथी सञ्चालनमा आएको हो । होटलमा २३ वटा कोठा छन् ।
योसँगै २ सय जनाभन्दा बढीका लागि कार्यक्रम सञ्चालन गर्नसक्ने सेमिनार हल र २ वटा तालिम हल पनि रहेको छ । धुलिखेल बसपार्कबाट १।५ कि। मि।को दुरीमा रहेको होटलबाट हिमालको सुन्दर दृश्य पनि देख्न पाइन्छ ।
काठमाडौं उपत्यकाबाट नजिकै रहेको होटल सारथी छुट्टी मनाउन चाहनेहरुका लागि उपयुक्त गन्तव्य बनेको छ । होटल सारथीले ३ वटा स्वीटहरु, मुख्य ब्लकमा १२ वटा डिलक्स र गार्डन ब्लकमा ८ वटा डिलक्स रहेको छ ।