सिन्धुपाल्चोकमा निर्माण भइरहेको ‘हेलम्बु हिमालयन ग्रेट ट्रेल’ केवल पदयात्राको मार्ग होइन, प्रकृति, संस्कृति र आध्यात्मिकताको अद्भुत संगम हो।
ह्योल्मो परम्पराअनुसार यस्को नाम धर्मचक्र पर्खाल हो । ठाउँठाउँमा बनेका चैत्य, शान्त हरियाली वन, हिमाली हावा र परसम्म देखिने हिमशृङ्खलाले यात्रुलाई हरेक पाइलामा नयाँ अनुभूतिसँग साक्षात्कार गराउँछन्।
मुद्री सतहबाट २५ सय मिटरदेखि ५ हजार मिटरको उचाइसम्म फैलिने यो ट्रेल पूर्ण रूपमा ६० किलोमिटर बनिसकेपछि, पैदल यात्रा गर्दै छिचोल्न करिब एक हप्ता समय लाग्नेछ। अनि हरेक दिनले नयाँ दृश्य, नयाँ अनुभूति र नयाँ रोमाञ्चकको कहानी बोकेको हुनेछ। अहिले भने ट्रेलको ७ किलोमिटर निर्माण भैसकेको छ।


















