पाटनमा शुरु भयो कार्तिक नाच

१७ वटा धार्मिक कथाहरूसँग जोडिएको छ नाचको महत्व


टुरिजम पाना पाटन, ललितपुर । १७ कार्तिक २०७९
kartik nach, cultural dance of nepal

यसबर्षको कार्तिक नाच कार्तिक १३ गते आइतबारबाट शुरु भएको छ । वि.स. १६९७ मा शुरु भएको कार्तिक नाच हरेक वर्ष कार्तिक महिनामा प्रदर्शन गरिने नृत्य अनि संगीतमा आधारित भएर देखाइने नृत्य नाटक हो ।

यो नाच पाटन दरबार स्क्वायरमा अवस्थित कार्तिक डबलीमा मञ्चन गर्ने गरिन्छ । यस वर्ष कार्तिक नाच कार्तिक १३ गते देखि २२ गते सम्म १० दिन मात्रै प्रदर्शन गरिने भएको छ ।

१० दिन सम्म चल्ने नाचमा फरक दिन फरक फरक नाचको प्रस्तुत गरिन्छ । परापूर्वकालमा कार्तिक महिनाभर मनाइँदै आएको उक्त नाच पछिल्ला वर्षहरूमा विविध कारणले गर्दा केही दिन मात्र देखाउन थालिएको हो ।

हिन्दु देवता भगवान् विष्णुसँग सम्बन्धित १७ वटा धार्मिक कथाहरूसँग जोडिएको यो ऐतिहासिक नाच पाटनका तत्कालीन राजा सिद्धिनरसिंह मल्लले आफ्ना गुरुहरू हरिवंश राजोपाध्याय र विश्वनाथ उपाध्यायको सल्लाहअनुसार तत्कालीन दरबार चोकभित्र रहेको भगवान् श्रीकृष्णको मन्दिर निर्माण सम्पन्न भएको उत्सव मनाउन पहिलो पटक शुरु गरेको इतिहास छ ।

तत्कालीन समयमा देशमा शान्ति, समृद्धि र मनोरञ्जनको हेतुले यो नाच सुरु भएको मानिन्छ ।

कुन दिन कुन नाच :

१७ कार्तिक २०७९