रहरै रहरमा ब्लगर बनेकी ‘लिल फुडी’


मनिषा पौडेल काठमाडाैं । २९ कार्तिक २०७९
sarika neupane food blogger

नयाँ नयाँ ठाउँमा घुम्न र त्यहाँ पाइने खानेकुरा खाएर रमाउन कसलाई मन पर्दैन र ? अझ परीक्षा सकेर बसेको फुर्सदिलो समय विशेष रमाइलो हुन्छ । यस्तै रमाइलोमा हुर्कँदै गर्दा सारिका न्याैपाने फुड ब्लगर बनिन् ।

एसइई दिएर बसेकी थिइन् । खाली समयमा के गर्ने त ? भन्ने लागिरहेकै बेला नयाँ नयाँ खानेकुरा र ती खाने ठाउँ खाेज्दै उनी साथीसँग घुम्न थालिन् । त्यसरी घुम्दा उनले धेरै फाेटाे खिचिन् । त्यतिबेला इन्स्टाग्राममा रिल बनाउने सुविधा पनि थिएन । यसैले गर्दा सारिकाले फाेटाेहरूमात्रै इन्स्टाग्राम एकाउन्टमा राख्न थालिन् ।

फुर्सदकाे समय सदुपयोग गर्न उनले फुड ब्लगिङको बाटो रोजिन् । सानै उमेरमा सुरू गरेको भएर आफ्नो च्यानलको नाम नै ‘लिल फुडी’ राखेको उनी बताउँछिन् ।

सारिका भन्छिन्, ‘कक्षा १० सकिएपछि ३ महिनासम्म खाली समय थियो । त्यतिबेला केही गरौं न त भन्ने लागेर सुरू गरेकी हुँ ।’

सारिका भन्छिन्, ‘इन्स्टामा फोटो राख्दा धेरैले सोध्न थाल्नुभयो । त्यसपछि क्याप्सन मिलाएर राख्न थालेँ र विस्तारै भिडियोमा पनि काम गरेँ ।’

खानेकुराकाे फोटो राख्दै जाँदा उनलाई इन्स्टामा पछ्याउनेहरूको संख्या बढ्दै गयो । फोटोहरू थपिँदै जाँदा प्रतिक्रिया जनाउने र जिज्ञासा राख्नेहरू पनि थपिए । धेरैले उनलाई खानेकुरा कहाँ पाइन्छ ? कस्तो हुन्छ ? पैसा कति लाग्छ ? भन्ने जस्ता प्रश्न गर्न थाले । यसले गर्दा उनलाई झन् हौसला मिल्यो ।

सारिका भन्छिन्, ‘इन्स्टामा फोटो राख्दा धेरैले सोध्न थाल्नुभयो । त्यसपछि क्याप्सन मिलाएर राख्न थालेँ र विस्तारै भिडियोमा पनि काम सुरू गरेँ ।’lil foodie sarika

सारिकाले ब्लगिङ गर्न सुरू गरेको ३ वर्षभन्दा बढी भइसकेको छ । अहिले उनको इन्स्टाग्राममा ७६ हजार र टिकटकमा १ लाख ६९ हजारभन्दा माथि फलोअर्स पुगिसकेका छन् ।

उनी उत्साहित छिन् । रहरै रहरमा सुरू गरेको ब्लगिङ यात्राले उचाइ लिएको छ ।

तस्वीरबाट सुरू भएकाे ब्लग यात्रामा उनले भिडियोमा ‘भ्वाइस ओभर’ गर्न थालेको यही वर्षदेखि नै हो ।  ‘फुड ब्लगिङ नै गर्छु भन्ने त थिएन तर त्यसमा फलोअर्स बढ्न थालेपछि उत्साहित भएँ, भिडियाेमा भ्वाइस राख्न थालेकाे यही वर्षबाट नै हाे,’ सारिका सुनाउँछिन् ।

फुड ब्लगिङमा रमाइरहेकी सारिका नयाँ ब्लगरहरूलाई अरुको शैली कपी नगर्न अनुरोध गर्छिन् । उनी भन्छिन्, ‘अरुले गरेजस्तै गर्छु भनेर लाग्नु हुँदैन, आफ्नै शैलीकाे सिर्जना हुनुपर्छ ।’

ब्लगिङलाई सधैं निरन्तरता दिइरहने सोच बनाएकी सारिका ब्लग बनाउने क्रममा नै पोखरा, जनकपुर लगायतका स्थानमा पुगिसकिन् । उनी ती ठाउँका स्थानीय परिकारसँग रमाउन त्यहाँ पुगेकी थिइन् ।

होटल म्यानेजमेन्टमा स्नातक पढ्दै गरेकी सारिकालाई विशेष गरेर नेपाली खानाका परिकार नै मन पर्छ । विदेशबाट भित्रिएका खाना सँगसँगै नेपाली खानालाई पनि प्राथमिकतामा राख्नुपर्छ भन्ने सोच सारिका राख्छिन् ।

lil foodie sarika neupane

आजभोली उनी ब्लग बनाउने काममा नै व्यस्त रहन्छिन् । उनी रेस्टुरेन्ट, होटलहरूको प्रमोसन गर्ने तथा ब्रान्डिङ गर्ने काम पनि गर्छिन् । यसका लागि काठमाडौं र काठमाडौंभन्दा बाहिरका सहरमा पुगिरहन्छिन् ।

प्रमाेसनकाे कुरा गर्दै सारिकाले भनिन्,  ‘रेस्टुरेन्टहरूले बाेलाउँदा ‘डिटेल्स’ बुझेर प्रमोसन गर्छु । यसका लागि काठमाडौंबाहिर पनि पुग्ने गरेको छु ।’

उनले खानाका रेसिपिको भिडियोसमेत बनाएर टिकटकमा पोस्ट गर्दै आएकी छिन् । उनकाे लिल फुडी नामकाे टिकटक आइडीमा विभिन्न नेपाली खानाका रेसिपी बनाएका भिडियाेहरू छन् ।

१६ वर्षकाे उमेरबाटै फुड ब्लगिङमा रमाइरहेकी ‘लिल फुडी’ सारिका नयाँ ब्लगरहरूलाई अरुको शैली कपी नगर्न अनुरोध गर्छिन् । उनी भन्छिन्, ‘अरुले गरेजस्तै गर्छु भनेर लाग्नुहुँदैन, आफ्नै शैली सिर्जना गर्नुपर्छ ।’sarika neupane lil foodie

एउटा सफल ब्लगर बन्न निरन्तरता र धैर्यता आवश्यक पर्ने उनको भनाइ छ ।

फुड ब्लगिङ बाहिरबाट हेर्दा सजिलो र रमाइलो जस्तो देखिन्छ तर यसका लागि धेरै मेहेनत पर्ने सारिका सुनाउँछिन् ।

२९ कार्तिक २०७९