भगवान शिवको १२ ज्योतिर्लिङ्ग स्थापित तिर्थस्थलहरू


शेर बहादुर पौडेल काठमाडाैं । २६ कार्तिक २०७९

हिन्दू धर्मग्रन्थमा शिवको १२ ज्योतिर्लिङ्गको उल्लेख भएको पाइन्छ । जहाँ-जहाँ यो शिवको ज्योतिर्लिङ्ग स्थापित छ, आज ती स्थानहरूमा भव्य शिव मन्दिर बनेका छन् । जसको जानकारी यसप्रकार छन् ।

सोमेश्वर वा सोमनाथ :
यो प्रथम ज्योतिर्लिङ्ग मानिन्छ, र यो भारतको गुजरात प्रदेशमा रहेको छ । यसलाई प्रभास तीर्थ पनि भन्ने गरिन्छ ।

श्रीशैलम मल्लिका अर्जुन :
यो भारतको आन्ध्र प्रदेशको कृष्णा जिल्लाको श्रीशैल नामको पर्वतमा छ । यसलाई दक्षिणको कैलाश पनि मान्ने गरिन्छ ।

महाकालेश्वर :
यो भारतको मध्य प्रदेशको उज्जैन जिल्लामा पर्दछ । यसलाई प्राचीनकालमा अवन्तिका वा अवंती भन्ने गरिथ्यो ।

ओमकारेश्वर :
यो ज्योतिर्लिङ्ग पनि भारतको मध्य प्रदेश रहेको छ । यो ज्योतिर्लिङ्ग नर्मदा नदीको किनारमा अवस्थित छ।

केदारेश्वर वा केदारनाथ :
यो शिव ज्योतिर्लिङ्ग भारतको उत्तराखण्ड प्रदेशमा रहेको छ । हिमालयको काखमा विराजित श्री केदारना, केदारेश्वरको नामले पनि चिनिन्छ। श्री केदार पर्वत शिखरको पूर्वमा अलकनन्दा नदीको किनारमा भगवान बद्रीनाथका मन्दिर छ ।

भीमाशंकर :
यो ज्योतिर्लिङ्ग महाराष्ट्र प्रदेशमा रहेको भीमा नदीको शिरमा र सहयाद्रि पर्वतमा रहेको छ। भीमा नदी यही पर्वतबाट शुरू हुन्छ।

विश्वेश्वर वा विश्व काशीनाथ :
भारतको उत्तर प्रदेशको वाराणसी वा काशीमा रहेको भगवान श्री विश्वनाथ या विश्वेश्वर महादेवको सातौं ज्योतिर्लिङ्ग मानिन्छ ।

त्र्यम्बकेश्वर :
भगवान शिवको यो आठौं ज्योतिर्लिङ्ग भारतको महाराष्ट्र प्रदेशको नासिक जिल्लाको ब्रह्मगिरिको नजिक गोदावरी नदीको किनारमा स्थापित छ।

वैद्यनाथ महादेव :
यो ज्योतिर्लिङ्गलाई बैजनाथ पनि भन्ने गरिन्छ । यो नवौं ज्योतिर्लिङ्ग हो, यो भारतको झारखण्ड प्रदेशको देवघरमा स्थापित छ । यो स्थानलाई चिताभूमि पनि भन्ने गरिन्छ ।

नागेश्वर महादेव :
भगवान शिवको यो दशौं ज्योतिर्लिङ्ग भारतको गुजरातको बडौदा क्षेत्रको गोमती द्वारका नजिक छ । यो स्थानको दारूकावन पनि भन्ने गरिन्छ। यो ज्योतिर्लिङ्गको सन्दर्भमा केही विवाद पनि रहेको छ । केही धर्मालम्बिहरुले दक्षिण हैदराबादको औढा स्थित शिवलिङ्गलाई पनी नागेश्वर ज्योतिर्लिङ्ग मान्ने गरेका छन् ।

रामेश्वरम:
श्री रामेश्वर एघारौं ज्योतिर्लिङ्ग हो । यसलाई सेतुबन्ध तीर्थ पनि भन्ने गरिन्छ । यो भारतको तमिल नाडुको समुद्र किनारमा स्थपित छ ।

घुष्मेश्वर:

यसलाई बाह्रौँ ज्योतिर्लिङ्ग घृष्णेश्वर वा घुसृणेश्वरको नामबाट चिनिन्छ । यो भारतको महाराष्ट्र प्रदेशमा पर्दछ ।

२६ कार्तिक २०७९