र्कीर्तिपुरकाे बाघ भैरव मन्दिरकाे मुल द्वार अगाडिकाे गुन्थ सत्तलमा स्वर्ण शक्त्ति भैरवकाे प्रतिष्ठान गरिएकाे छ ।
मन्दिरकाे मुल द्वार अगाडिकाे गुन्थ सत्तलमा स्वर्ण शक्त्ति भैरवकाे मूर्ति ३ सय २१ वर्ष अघि स्थापना गरिएकाे हाे ।
विलुप्त भैइसककाे यस मूर्तिलाई मूर्तिकला जगतमा प्रख्यात क्राेधकला शिराेमणि कालु कुमालेका छाेरा तथा ल्हामाे ह्याडीक्राप्टका संस्थापक स्व वीरेन्दकुमार अवालेकाे स्मृतिमा प्रतिष्ठान गरिएकाे हाे ।
एक वर्षमा तयार भएकाे यस मूर्तिकाे उचाइ ३ फिट रहेकाे छ । मूर्तिलाई सांस्कृतिक बाजा सहित पाटनका विभिन्न स्थानमा परिक्रमा गरीएकाे थियाे ।
यस मन्दिरमा प्रत्येक वर्ष भाद्र १ गते (सिहं संक्रान्ति)का दिन बाघ भैरवको मूर्ति जात्राका लागि प्रर्दशमा राखिने गरिन्छ ।
स्वर्ण भैरव शक्त्ति भैरवको मूर्ति र्कीर्तिपुर गुंदे दापा खल ः को आयोजनामा यस दिन जात्राकाे लागि पूजा गर्न मूर्ति प्रदर्शनमा राखिन लागकाे हाे।
राजा शिवदेव तृतियले आज भन्दा करिब १ हजार वर्ष अगाडि बाघ भैरव मन्दिर स्थापना गरेका थिए ।
धार्मिक, ऐतिहासिक महत्व बोकेको यस बाघ भैरवले विनाश र संरक्षणलाई प्रतिनिधित्व गर्छ । बाघ भैरवले सहरलाई दुष्ट आत्माहरु र विपत्तिबाट जाेगाउने रक्षक देवताका रुपमा स्थानीयले पूजा गर्ने गरिन्छ ।