सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकामा भीषण बाढी आएको छ।
जल तथा मौसम विज्ञान विभागले दूधकोशी किनारामा रहने सबैलाई सचेत हुन आग्रह गरेकाे छ ।
जलाधार क्षेत्र ६,९३८ मिटर अग्लो तेङ्गी रागी तउदेखि टासी लाप्चा क्षेत्रमा हिउँ पग्लेका कारण गाउँपालिकाको वडा नं ५ को थामेमा भीषण बाढी आएको जिल्ला प्रहरीले अनुमान गरेकाे छ ।
बाढीबाट हालसम्म ५ वटा घर, दुई होटेल बगाएको छ भने केही मानिसको उद्दार पनि गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जानकारी दिएको छ। उद्दारको लागि प्रहरी घटनास्थल पुगिसकेको छ।
बाढीले सबैभन्दा बढी क्षति पुर्याएको थामे क्षेत्रमा त झन् धेरै आवासीय, पर्यटकीय र पशुपालनका संरचना छन् । तर आज आएको बाढीमा ती संरचना डुबेका छन् ।