सरकारले ५७ वटा हिमाल आरोहणका लागि खोल्ने तयारी गर्दै


टुरिजम पाना काठमाडाैँ । ३२ श्रावण २०८१

सरकारले पाँच हजार आठ सय मिटर उचाइमाथिका थप ५७ वटा हिमाल आरोहणका लागि खोल्ने प्रक्रिया अघि बढाइएको छ ।

पर्यटन विभागका अनुसार आगामी सिजनमा थप ५७ वटा हिमाल आरोहणका लागि खुलाउने प्रक्रिया अघि बढाएको हो ।

विभागका निर्देशक राकेश गुरुङका अनुसार पूर्व ताप्लेजुङदेखि पश्चिम हुम्लासम्मका विभिन्न ५७ वटा चुचुरो आरोहणका लागि खुला गर्ने विषयमा सरकारलाई सिफारिस गरिएकाे हाे ।

नेपालको पर्वतीय पर्यटनको विकास र साहसिक पर्यटनको संरक्षण र प्रवर्धन गर्न याे आरोहणका लागिएकाे हाे  । जसमध्ये ४६ वटा हिमाल चीनसँग, दुई हिमाल भारतसँग सिमाना जोडिएकाेे र नाै वटा हिमाल सीमाभित्रका रहेको  विभागले जनाएकाे छ ।

आरोहणका लागि खुला गर्न लागिएका हिमालहरूमा ५ हजार ८ सय सात देखि ६ हजार ८ सय अठसट्ठी मिटर उचाइसम्मका रहेका छन् ।

सरकारले हालसम्म आरोहणका लागि ४०१ वटा हिमाल आरोहणका लागि खुला गरे पनि सबैमा आरोहण हुन सकेको छैन ।

 

३२ श्रावण २०८१