पोखरामा दुई वटा प्याराग्लाइडिङ्ग दुर्घटना, चार जनाको सकुशल उद्धार


टुरिजम पाना संवाददाता पोखरा । २९ जेष्ठ २०८२

पोखरामा प्याराग्लाईडिङ्ग ल्याडिङ्ग गर्ने क्रममा दुर्घटनामा परेका चार जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।

कास्की जिल्लाको पोखरा महानगरपालिका–१८ तोरेपानीबाट उडेको २ वटा प्याराग्लाईडिङ्ग ल्याडिङ्ग गर्ने क्रममा अनियन्त्रित भई फेवा तालको बीच भागमा खसेको थियो।

सो दुर्घटना लगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट फेवा रेस्क्यु टावरमा खटिएको सुरक्षा फौजले उनीरुलाई दिउसो करीव ३ बजे सकुशल उद्धार गरेको हो।

उद्धार गरिएकाहरुमा भारतको बनारस घर बताउने ४१ वर्षिय अकलेस यादव र ३५ वर्षिय चन्दन कुमार पटेल तथा अग्नि प्याराग्लाईडिङ्गका पाईलट ३० वर्षीय मिलन शाह र ह्याप्पी फ्लाई प्याराग्लाइडिङ्गका पाईलट २८ वर्षीय विश्वास अधिकारी छन्।

२९ जेष्ठ २०८२