रामेछापबाट लुक्ला जान लागेको सिता एयरको विमान काठमाण्डौमा आकस्मिक अवतरण भएको छ । आकस्मिक अवतरणका कारण काठमाण्डौं विमानस्थलको रनवे केहिबेरदेखि बन्द भएको छ । सिता एयरको एसटी ए ९१६१ विमानको हाइड्रोलिकमा समस्या देखिएपछि विमान आकस्मात् डाईभर्ट गरेर काठमाण्डौ ल्याईएको हो ।
विमानस्थलका प्रवक्ता रेन्जी शेर्पाका अनुसार जहाजमा १४ जना यात्रु थिए। यात्रुहरू सकुशल रहेको उनले बताए।
काठमाण्डौमा आकस्मिक अवतरण भएपनि रनवेबाट सर्न नसकेपछि टयाक्टर र कर्मचारीले धकेलेर विमान रनवेबाट हटाईएको हो । पछिल्लो समय नियमन फितलो हुदाँ नेपालको उड्डयान क्षेत्रमा निरन्तर समस्या देखिदै आएका छन् ।