लाङटाङ ट्रेल रनमा मिलन र सुनसरी च्याम्पियन


टुरिजम पाना संवाददाता लाङटाङ । २६ जेष्ठ २०८२

सोलुखुम्बुका मिलन कुलुङ र त्रिभूवन आर्मी क्लवकी सुनसरी रोकाया रसुवामा भएको लाङटाङ ट्रेल रनमा च्याम्पियन भएका छन् ।

लाङटाङ क्याजिन भ्यालीको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले यस वर्षदेखि शुरु लाङटाङ ट्रेल रनमा महिलातर्पm सुनसरी र पुरुषमा मिलन च्याम्पियन भएका हुन् । च्याम्पियन दुवैले समान एक लाख रुपैयाँ नगद पुरस्कार पाए । रसुवा नुवाकोट पर्यटन समाजको आयोजनामा ३२ किलोमिटरको उक्त ट्रेल रन सुरु भएको हो ।

मिलनले उक्त दूरी दुई घण्टा २६ मिनेट ४६ सेकेण्डमा पूरा गरे । तीन हजार आठ सय ५० मिटर उचाइमा रहेको क्याजिन गुम्बादेखि स्याफ्रुबेसीसम्म उक्त ट्रेल रेस भएको थियो । पुरूषमा नै पाँचथरका विशाल राई एक मिनेटले पछि पर्दा दोस्रो स्थानमा नै सिमित भए ।

सोलुखुम्बुका अर्जुन कुलुङ राई भने तेस्रो भए । उनले भने दुई घन्टा २८ मिनेट दूरी पार गरे । काठमाडौंका किरनसिंह बोगटी चौथो स्थानमा रहँदा दुई घन्टा २९ मिनेटको समय निकाले । सुनसरीले दुई घण्टा ५५ मिनेट ४३ सेकेन्ड समयमा दूरी पार गरिन् । नेपाल पुलिस क्लबकी लाक्पा निमा शेर्पा दोस्रो स्थानमा रहिन् । उनको नाममा तीन घन्टा पाँच मिनेट समय रह्यो । खोटाङकी निर्मला राई तीन घन्टा १५ मिनेटमा तेस्रो र सोलुखुम्बुकी आङ फुर्पा शेर्पा तीन घन्टा ३८ मिनेट समयका साथ चौथो भए । ट्रेल रनका महिला र पुरुष दुवैले समान नगद पुरस्कार पाए ।

दोस्रोले ७५ हजार, तेस्रोले ५० हजार, चौथोले २५ हजार र पाँचौंले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । रसुवा–नुवाकोट पर्यटन समाजको आयोजनामा भएको ट्रेल रनमा ८६ जना पुरूष र १५ जना महिला गरी कुल १०१ धावकले प्रतिस्पर्धा गरेका थिए । उक्त ट्रेल रेसको बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरीले उद्घाटन गरेका थिए । संस्कृति तथा पर्यटन मन्त्रालय बागमती प्रदेश, नेपाल पर्यटन बोर्ड र गोसाइँकुण्ड गाउँपालिकाको सहयोगमा आयोजना भएको हो । लाङटाङ ट्रेल रन लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा साहसिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको समाजका अध्यक्ष बलराम न्यौपानेले बताए ।

लाङटाङ क्षेत्रलाई पदयात्राका साथै दौड र म्याराथन गन्तव्यका रूपमा स्थापित गराउन यस ट्रेल रनले सहयोग पुग्ने आयोजकको विश्वास छ । यो वर्षको ट्रेल रन संस्कृति तथा पर्यटन मन्त्रालय बागमती र नेपाल पर्यटन बोर्डको आर्थिक सहयोगका साथै गोसाइँकुण्ड गाउँपालिकाको सहकार्यमा आयोजना भएको हो ।

२६ जेष्ठ २०८२