जनकपुरबाट काठमाडौं आएको बुद्ध एयरको नाइनएनएएच जहाजले अगाडिको एउटा पांग्रा, नोज ह्वील बिना नै अवतरण गरेको छ।
बिहीबार जनकपुरबाट काठमाडौं आएको उक्त जहाजमा एउटा नोज ह्वील जनकपुरमै छुटेको हो। जहाज जनकपुरबाट काठमाडौंका लागि ४ ४५ बजे उडेको थियो।
काठमाडौंमा अवतरण गरिसकेपछि पोष्टफ्लाइट चेक गर्दा अगाडिको नोज ल्यान्डिङ गेयरको एउटा टायर नदेखिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
लगत्तै हामीले जनकपुरमा चेक गर्न लगाउँदा विमानस्थलको रनवेको टर्निङमै ल्यान्डिङ गेयर भेटिएको छ, प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने।
६२ जना यात्रु बोकेको जहाज सुरक्षित अवतरण गरेको हो ।