पर्यटन व्यवसायी देवेन गिरीलाई ‘नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार’


टुरिजम पाना काठमाडौं । ५ पुष २०७९

पर्यटन व्यवसायी देवेन गिरी  सम्मानित‘नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार’ बाट सम्मानित हुने भएका छन् ।

संगीत महर्षीका रुपमा परिचित शिखर पुरुष नातीकाजीको जन्म स्मृति दिवसको अवसर पारेर गीतकार समेत रहेका गिरीलाई सम्मान गर्न लागिएकाे हाे ।

गीतसंगीतमा पुर्याएकाे याेगदानकाे कदर गर्दै उनलाई याे सम्मान दिने भइएकाे हाे । गिरीकाे द पेन एण्ड देवेन एल्वम सहित ३० गीत बजारमा छन् ।

राजधानी ठमेलमा हाेटल म्याजेस्टिक र भाेजघर रेष्टुरेन्ट सन्चालक रहेका गिरीकाे कुश्माकाे द क्लिफ रिसाेर्टमा समेत लगानी गरेका छन्  । 

५ पुष २०७९