पामेमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुँदै


टुरिजम पाना काठमाडाैं । ६ पुष २०७९

पोखराको पामेमा पुष १२ गतेदेखि १६ गतेसम्म अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुँदैछ । नेपाल सँस्कृति केन्द्रको आयोजना र नेपाल चलचित्र विकास बोर्डको सहआयोजनामा हुन लागिरहेको चलचित्र महोत्सवमा ३२ राष्ट्रका विभिन्न विधामा लघु चलचित्र, वृत्तचित्र, कथानक चलचित्र गरि ५१ वटा चलचित्र प्रदर्शन गरिनेछ ।

महोत्सव नेपाल पर्यटन बोर्ड पोखराको सभाकक्ष, अल्फान्जो रिर्सोट, फिलगुड रिर्सोट, काल्म पोखरा रिर्सोटमा चलचित्र प्रदर्शन गरिनेछ ।

महोत्सवको जुरीमा फ्रान्सकी कास्टीङ एजेन्ट कोलेट टोस्टीविन्ट, चलचित्र निर्माता गौतम धिमाल, अनुप सुवेदी, जितेश प्रधान र विमला भण्डारी रहेका छन् । महोत्सवमा चलचित्रसँगै अन्य साँगीतिक प्रस्तुतिसमेत हुनेछ ।

महोत्सवमा लघुकथानक, लघु वृत्तचित्र, ठुला कथानक चलचित्र, ठुला वृत्तचित्र, र विद्यार्थी चलचित्र गरी पाँच वटा विधामा चलचित्रहरुले पुरस्कार प्राप्त गर्नेछन् । यो महोत्सव लगातार पोखरामा आयोजना हुँदै आएको छ ।

६ पुष २०७९