नेपाली मौलिक खानाको प्रर्वद्धन गर्दै आइरहेको प्रेसिडेन्ट विजनेस गुप्रले बुधबारदेखि काठमाडौंको बत्तिसपुतलीमा १४औं आउटलेट खोलेको छ ।
२०६२ सालबाट होटल तथा रेस्टुरेन्ट व्यवसाय क्षेत्रमा प्रवेश गरी एउटा चेनसहितको आफूलाई स्थापित गर्दै आगाडि बढिरहेको यो समुहले हाल काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानमा होटल, रेष्टुरेन्ट, रिसोर्ट, बेकरी उद्योग र नेपाली स्वादको प्रर्वदन सहित खानाका पारखीहरुलाई स्वादिष्ट परिकारहरु पस्किदै आइरहको छ ।
आउटलेटको शुभारम्भ गर्दै नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हक्मित सिंह ऐरले छरिएर रहेको लगानीलाई एकिकृत गर्दै पर्यटन क्षेत्रमा यो समुहले गरेको कार्य सकारात्मक रहको रहेको बताए । उनले नेपाली मौलिक खानाको माध्यमबाट नेपालको आन्तरिक तथा बाह्य पर्यटन प्रर्वद्धन,रोजगारी सिर्जना तथा फरक क्षमताका मानिसहरूलाई समेत रोजगारी दिएर यो समुहले सराह्नीय कार्य गरेको बताए ।
कैलाली जिल्लाका प्रदेश सांसद रमेश धामीले पर्यटनलाई चलायमान बनाउन र आर्थिक विकासका लागि राज्यले लगानी मैत्री वातावरण सिर्जना गरिदिनुपर्ने बताए । कार्यक्रममा होटल व्यवसायी महासंघका अध्यक्ष हिराध्वज शाह, महासंघका संस्थापक अध्यक्ष अमृत भुजेल लगायतले शुभकामना इवक्त गर्दै पछिल्ला दिनहरुमा व्यवसायको प्रकृती परिवर्तन भएको बताउँदै एकल लगानीबाट गर्न नसकिने कामहरु समुहबाट गर्न सकिने बताए ।
२०६२ सालदेखि प्रेसिडेन्ट बिजनेस गु्रपको नामबाट हस्पिटालिटीको क्षेत्रमा काम गर्दै आएको यो समुहले सस्तो र गुणस्तरियता कायम गर्दै नेपाली मौलिक खानाको प्रवद्धन गर्दै आएको प्रेसिडेन्ट विजनेस गुप्रका अध्यक्ष शंकर भण्डारीले जानकारी दिए ।
‘
युवालाई नेपालमै रोजगार प्रदान गर्नुपर्छ भन्ने मान्यताका साथ हामीले काम गरेका छौं । यस्तै हामीले करिब ३० जना फरक क्षमता भएका व्यक्ति हाल करिब २५० जनालाई प्रत्यक्ष रोजगारीमा जोडेका छौं । देशको पर्यटन विकासमा हाम्रो पनि प्रयास जारी छ’ उनले भने । सेकुवालाई सिग्नेचर डिसका रुपमा ब्रान्डिङ गरेको यस आउटलेटमा सेकुवाका साथै सबै प्रकारका (मल्टिक्वीजेन) खानेकुरा पाइने उनले जानकारी दिए ।
रेष्टुरेन्टमा भित्र र बाहिर दुबैतर्फ बसेर पारिवारिक वातावरणमा सेकुवा, कफी, लन्च, डिनर खान मिल्ने सुविधा रहेको,प्याकिङ र होम डेलिभरीको पनि व्यवस्था सहित करिब १५० जना अटाउने हल पनि रहेको होटेल व्यवसायी महासङ्घका केन्द्रीय सचिव समेत रहेका भण्डारीले जानकारी दिए । विभिन्न सामाजिक कार्य समेतलाई अगाडि बढाउँदै आएको यो समुहले बुधबार नै बत्तिसपुलीमा रक्तदान कार्यक्रम समेत आयोजना गरेको थियो ।








