केदारनाथमा हेलिकोप्टर दुर्घटना, सबै यात्रुको मृत्यु


टुरिजम पाना संवाददाता काठमाडौं । १ असार २०८२

भारतको उत्तराखण्डस्थित केदारनाथ धाम दर्शनका लागि ७ यात्रु बोकेर पुगेको हेलिकोप्टर दुर्घटनामा परेको छ।

दुर्घटनामा हेलिकोप्टरमा सवार सबैको मृत्यु भएको छ।

गौरीकुण्ड क्षेत्रको त्रिजुगीनारायण नजिकै हेलिकोप्टर दुर्घटना भएको थियो। दुर्घटनाग्रस्त हेलिकप्टर आर्यन कम्पनीको हो। हेलिकप्टर देहरादूनबाट केदारनाथ जाँदै थियो।

खराब मौसमका कारण हेलिकोप्टर दुर्घटनामा परेको जिल्ला विपद् व्यवस्थापन अधिकारी नन्दन सिंह राजवारले बताए।

गौरीकुण्डमाथि घाँस काटिरहेका नेपाली मूलका महिलाहरूले हेलिकप्टर दुर्घटनाको सुरुमा रिपोर्ट गरेका थिए।

दुर्घटनामा एक जना बालिका परेकी छन् र सबै शव जलेका छन्।

१ असार २०८२