लेकसाइटको होटल बाराहीमा दशैं भोज हुँदै


टुरिजम पाना संवाददाता पोखरा । २० आश्विन २०८१

लेकसाइटको होटल बाराहीमा दशैं भोज हुने भएको छ ।

दशैंमा खानेकुराका परिकार पस्कने उद्देश्यले होटल बाराहीले यो वर्ष दशैं भोज योजना ल्याएको हो । यस योजनामा ग्राहकले दशैंको सम्पूर्ण परिकार खान सक्नेछन् ।

आन्तरिक पर्यटकलाई लक्षित गर्दै होटल बाराहीले अक्टोबर १०, ११ र १२ तारिखमा बाराही दशैं भोज गर्नेछ । बिहान साढे ११ बजेदेखि सुरु हुने यो भोजमा मासुका विभिन्न परिकार खान सक्नेछन् । यसका लागि प्रत्येक ग्राहकले २ हजार रुपैयाँ तिर्नुपर्ने फूड एण्ड बेभरेज म्यानेजर रामजी घतानीले जानकारी दिए ।

‘गेट टुगेर गरौं । बाहिर गएर रमाइलो गरौं भन्नेहरुलाई होटल बाराहीले यो वर्ष स्वागतसँगै दशैं मनाउन लागेको हो । हाम्रो फूड कल्चरलाई पनि प्रमोट गर्ने र चाडपर्वसँग होटलबाराही सधैंसँगै हुने गरी दशैं भोज हुन्छ,’ म्यानेजर घतानीले भने, ‘यसमा विदेशबाट आएका नेपाली, यहाँका स्थानीय र पर्यटक सबै आउनुहुन्छ भन्ने अपेक्षा छ । होटल बाराहीको दशैैं भोज चाखदिनुस् भन्छु ।’

दशैं भोजमा भुटुवा लगायतका मासुका सबै पस्कने उनले जानकारी दिए ।

२० आश्विन २०८१