नेपाल पर्वतिय प्रशिक्षण प्रतिष्ठान र ‘नाथम’को मर्जर अनुचित: पर्वतीय पर्यटन ब्यवसायी


टुरिजम पाना संवाददाता काठमाडौं । २१ पुष २०८०

नेपाल पर्वतिय प्रशिक्षण प्रतिस्ठान र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)को मर्जर गर्ने पर्यटन मन्त्रालयको योजनालाई पर्वतिय पर्यटनमा आवद्ध ब्यवसायीले आपत्ति प्रकट गरेका छन् ।

आज आयोजित पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै नेपाल पर्वतिय प्रशिक्षण प्रतिष्ठानकी पुर्वअध्यक्ष लाक्पाफुटी शेर्पाले चम्चा काँटा र पर्वतारोहणलाई एकैठाउँमा राख्न नमिल्ने बताएकी छन।

प्रतिष्ठान सुरु हुने बेला बिदेशी युनिभर्सिटीले सम्बन्धन दिन खोजेको तर नेपालको पर्वतारोहणमा बिदेशी सँग नभै आफ्नै देशको त्रिभुवन युनिभर्सिटीको लिएको उनले प्रष्ट पारिन। ” हामिले विभिन्न बिदेशी सम्बन्धनलाई छाडेर नेपालकै बिश्वबिध्यालयबाट सम्बन्धन लियौ , आज परिणामस्वरुप यो  दिन देख्नुपर्यो ” उनले भनिन।

“संस्थामा नेपालकै गरिमामय शैक्षिक कार्यक्रमहरु सञ्चालन हुनुकासाथै प्राविधिक शिक्षा स्की तालिम, ट्रेकिङ गाईड तालिम, अस्पिरेट माउन्टेन गाईड तालिम जस्ता पर्वतीय पर्यटनका लागि अति आवश्यक कार्यक्रमहरु सञ्चालन भई रहेको अवस्थामा मर्जरको प्रक्रियाले संस्थाको लक्ष्य तथा उद्देश्य प्रति ठेस पु-याएको हामीले महसुस गरेको छौ, उनले थपिन।”

कार्यक्रममा प्रतिष्ठानका गुडविल एम्बेष्डर सञ्जय खतिवडाले सँस्थागत विशेषता अनुसार अलग सँस्था हुन पर्ने र सँस्था भित्र कमजोरी भए सुधार गर्नुपर्ने बताएका थिए।

सरकारले पर्वतारोहण प्रतिष्ठानको प्रगतिमा खुट्टा तानेको र प्रतिस्ठान नहुँदा हिजोको दिनमा बिदेशीसँग सिक्न पर्ने बाध्यता रहेको समेत उनले बताएका थिए।

नेपाल सरकारको, पर्यटन रणनीतिक योजना २०१६ मा पर्वतीय प्रशिक्षण प्रतिष्ठानलाई अन्तरराष्ट्रिय एकेडेमीक ईन्स्टिच्युट फर माउन्टेनियरिङ एन्ड एडभेन्चर टुरिजम बनाउने भनि पर्वतारोहण तथा साहसिक विषयको पाठ्यक्रम निर्माण गरी शैक्षिक कार्यक्रमहरु सञ्चालन भईरहेका छन्।

हाल प्रतिष्ठानले नेपाल सरकार र अन्तर्राष्ट्रिय समुदायको सल्लाह सुझाव अनुरुप स्रातक तहको ब्याचलर अफ  माउन्टेनियरिङ स्टडिज,  प्राविधिक तथा अनुसन्धानमा धानमा आधारित पर्वतारोहण अध्ययनको पाठ्यक्रम निर्माण गरी २०१७ बाट, स्नातकोत्तर तह मास्टर अफ एडभेन्चर टुरिजम स्टडिज ,२०१९ बाट ६००० मिटर र ७००० मिटरको हिमाल आरोहण, पर्वतारोहण तालिम तथा सो क्षेत्रको अनुसन्धान सहितको विश्वमै नमुना पर्वतारोहण सम्बन्धि शैक्षिक कार्यक्रम,  त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय तथा हाल पर्वतीय क्षेत्रको खोज तथा अनुसन्धानमा आधारित पर्वतीय तथा पर्वतारोहण विज्ञान एमएससी इन माउन्टेन एन्ड माउन्टेनियरिङ साइन्स लगायतका शैक्षिक  कार्यक्रमहरु सन्चालन गरिरहेको छ।

२१ पुष २०८०