चितवनमा चरा गणना सुरु


;fO{a]l/og r/f 3fd tfKb} a]naf/L, !! k'; M hf8f] 5Ng ;fO{a]l/ofb]lv cfPsf xfF; k|hfltsf r/f df]/ªsf] a]tgf l;d;f/ If]qsf] ?vdf a;]/ 3fd tfKb} . tl:a/ M ljj]s ld>÷/f;;

चितवनमा चरा गणना सुरु भएको छ । वर्ड एजुकेसन सोसाइटी चितवनले पूर्वी चितवनको राप्ती नदी, बूढीराप्ती, ढुम्रे, कसरालगायतका क्षेत्रबाट चरा गणना सुरु गरेको हो ।

सोसाइटीका जिल्ला अध्यक्ष टीकाराम गिरीका अनुसार चरा गणना देशभर शनिबारबाट सुरु भएको भए पनि यहाँ आजबाट सुरु गरिएको हो । चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका नदी, तालतलैया तथा सिमसार क्षेत्रलगायत ठाउँमा चरा गणना गरिनेछ ।

पूर्वी चितवनमा नौ स्थानमा चरा गणना गरिने छ । यसपछि पश्चिम चितवनमा सुरु गरिने उनले जानकारी दिए । उनले भने, ‘आजदेखि आगामी माघ ७ गतेभित्र चरा गणना गरिसकिनेछ ।’

गणनाका लागि विभिन्न समूह निर्माण गरी कामलाई अघि बढाइएको उनले बताए । पश्चिम चितवनको दिव्यनगर, कसरा पुलबाट पश्चिम र रिउखोलामा पूर्वी चितवनको गणना सकिएलगत्तै गरिने छ ।

बाइनाकुलार क्यामेरा, जिपिएस, साउण्ड रेकर्डरलगायतको प्रयोग गरी चरा गणना गरिने उनले बताए । जिल्लामा छ सय ५० भन्दा बढी प्रजातिका चरा पाइन्छ । नेपालमा सन् १९८७ बाट चरा गणना थालिएको हो ।

२२ पुष २०८०