काठमाडौंमा ‘फुड, बेभरेज एण्ड हस्पिटालिटी एक्स्पो २०२६’ सुरु


टुरिजम पाना काठमाडौं । २१ बैशाख २०८३

‘फुड, बेभरेज एण्ड हस्पिटालिटी एक्स्पो २०२६’ काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ। यस एक्स्पोले खाद्य, पेय पदार्थ र आतिथ्य (हस्पिटालिटी) क्षेत्रका व्यवसायीहरूलाई एउटै छानामुनि ल्याउने लक्ष्य राखेको छ। एक्स्पोमा ३०० भन्दा बढी कम्पनीहरूको सहभागिता रहेको छ।

आयोजकका अनुसार यो एक्स्पो खाद्य, पेय पदार्थ तथा हस्पिटालिटीसँग सम्बन्धित व्यवसायहरूका लागि डिजाइन, सजावट, भान्सा सामग्री, हाउसकिपिङ समाधान र नयाँ प्रविधिहरू अन्वेषण गर्ने महत्वपूर्ण प्लेटफर्म हो।

प्रत्यक्ष प्रदर्शन (लाइभ डेमो), प्रतिस्पर्धा तथा नेटवर्किङ सत्रहरूले व्यवसायीहरूलाई नयाँ साझेदार र आपूर्तिकर्तासँग जोडिन अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

२१ बैशाख २०८३