प्याराग्लाइडिङको भाउ ह्वात्तै घट्यो, कोही चिन्तित त कोही उत्साहित !


टुरिजम पाना संवाददाता पोखरा । २४ पुष २०८०
pokhara paragliding
फाइल तस्वीर

प्याराग्लाइडिङको भाउ ह्वात्तै घटेको छ।ब्यवसायिहरुले आफुखुशि मूल्य राख्दा अहिले पोखराको प्याराग्लाइडिङ अति नै सस्तिएको छ। केही समय अघिसम्म एक उडानकै १२ हजार रुपैंया शुल्क तिर्नुपर्दा कतिले आँट्न सकेका थिएनन् ।

प्याराग्लाइडिङ उडानमा लगाइएको एकद्वार प्रणालिको प्रावधान हटेपछि अहिले भने प्याराग्लाइडिङ कम्पनिले ३ देखि ४ हजार रुपैयाँमा उडाउन थालेका छन्। सो रकममा १५ देखि २० मिनेट उड्न सक्नेछन् ।

अहिले पोखराको आकाशमा उडान गर्दा बढीमा ४ हजार रुपैयाँ लिएको व्यवसायीले बताएका छन्। यात्रु तान्ने होडमा कतिपयले ३ हजार रुपैयाँसम्ममा पनि उडान गरिरहेको व्यवसायी सुस्मिता सुनुवारले बताएकी छन्। ” बजार अहिले साह्रै बिग्रेको छ , विभिन्न कम्पनिको अवस्थ्य प्रतिष्पर्धाले प्याराग्लाइडिङ ब्यवसाय नै धरापमा पर्न सक्ने भन्दै उनले चिन्ता ब्यक्त गरेकी छन।

त्यस्तै नेपालकै पहिलो प्याराग्लाइडिङ पाइलट तथा ब्यवसायी राजेश बम्जनले हाल अफसिजन चलेकाले कम्पनिले अफर रेटमा उडान भरिरहेको हुनसक्ने बताएका छन। ” सेवाग्राही पनि विभिन्न प्रकारको हुनुहुन्छ , कोही कम रेट खोज्नुहुन्छ त कोहि कुन कम्पनीले राम्रो सेवा सुबिधा र सेफ्टी अपनाउछ भन्ने कुरालाइ ध्यान दिनुहुन्छ र सोही रेट अनुसार उडान गर्नुहुन्छ त्यसैले मुल्य घटाउदैमा खास्सै फरक पर्दैन ” उनले भने।

तर प्यराग्लाइडिङ ब्यवसायीले उचित सेवा नदिएको खण्डमा भने समग्र ब्यवसायमै नकारात्मक असर पर्ने उनी बताउछन। ” कम मुल्यमा उडाउने र धेरै उडाउने होडमा यदी कुनै दुर्घटना हुन पुगेमा यसले हाम्रो ब्यवसायमा कतिसम्मको नराम्रो छाप पर्छ त्यो भने सबैले सोच्न जरुरी छ , उनले थपे।

प्याराग्लाइडिङ उडानमा एकद्वार प्रणालि लागु गर्ने वा प्रतिश्पर्धात्मक रुपमा व्यावसाय गर्न दिने भन्ने विषयमा विवाद बढ्दै जाँदा केहीदिन अघि  प्याराग्लाइडिङ उडान रोकिएको थियो। प्याराग्लाइडिङ व्यावसायी, व्यावसायीको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (ना) र पाइलटबीच विवादका कारण झन्डै २ सातासम्म उडान अवरुद्ध भएको थियो।

हवाई सेवाको नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले समेत विवादका बीच उडान गर्दा जोखिम हुने भन्दै प्याराग्लाइडिङ उडानमा रोक लगाएको थियो। तर, खुला बजार नीति अनुसार व्यावसायी आफैले मूल्य तोकेर उडान गर्न पाउने गरि सहमति भएपछि उडान खुला भएको थियो।

व्यावसायी, छाता संस्था र पाइलटबीचको विवादले उडान नै रोकिएपछि प्राधिकरणले छाता संस्था ना लाई मूल्य नतोक्न निर्देशन दिएको थियो।

 

२४ पुष २०८०