‘आन्तरिक पर्यटनका लागि सबैसँगै’ नारासहित पोखरा–लोमान्थाङ मोटर र्‍याली सम्पन्न


टुरिजम पाना कास्की । २१ कार्तिक २०७९
Pokhara-Lomanthang motor rally

नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) ले पोखरा–लोमान्थाङ मार्गमा मोटर र्‍याली सम्पन्न गरेको छ । कात्तिक १७ गतेबाट शुरु भएको मोटर र्‍याली कास्कीको पोखरादेखि चीन र नेपालको सिमाना कोरलासम्मको यात्रा पुरा गर्दै आइतबार साँझ पोखरा आइपुगेर सम्पन्न भएको हो ।

कोरोनापछि थलिएको पर्यटन क्षेत्रलाई यस र्‍यालीले माथि उकास्न ‘आन्तरिक पर्यटनका लागि सबैसँगै’ भन्ने नारासहित मोटर र्‍यालीको आयोजना गरिएको आयोजक एनवाइइएफले जनाएको छ ।

Pokhara-Lomanthang motor rallyयस्ता कार्यक्रमले आपसी भाइचारा बढाउँदै आन्तरिक तथा बाह्य पर्यटनमा सहयोग पुग्ने आयोजकको विश्वास छ । सातवटै प्रदेशका विभिन्न च्याप्टरका ६० भन्दा बढी सदस्य तथा युवा उद्यमी र्‍यालीमा सहभागी रहेका थिए । यसअघि मञ्चले यसभन्दाअघि मेची महाकाली मोटर र्‍याली गरिसकेको छ ।

स्थानीय संस्कृतिलाई प्रचारप्रसार गर्दै सबाट गण्डकी प्रदेशको पर्यटन क्षेत्रमा केही भए पनि राहत मिल्ने नेपाली युवा उद्यमी मञ्च पोखरा च्याप्टरका अध्यक्ष सुयस मल्लले बताए ।

२१ कार्तिक २०७९