May 15, 2025
  • Blog
  • Destination
  • Adventure
  • Photo
  • Profile
  • Aviation
  • Culture
  • Hospitality
  • Interview
  • Auto
  • Others

नेपालमै पहिलो स्काइ लाउञ्जसहितको लग्जरी हेरिटेज होटल ‘आर्या होटल एण्ड स्पा’

होमस्टेको ‘हब’ बन्दै लमजुङ

समृद्धिको आधार पर्यटन

सगरमाथालाई नजिकैबाट नियाल्न गौरीटाप

महासङ्घद्वारा तारागाउँ रिजेन्सी होटल सम्मानित

दश जनाले गरे कञ्चनजङ्घा हिमाल आरोहण

  • Blog
  • Destination
  • Adventure
  • Photo
  • Profile
  • Aviation
  • Culture
  • Hospitality
  • Interview
  • Auto
  • Others
  • Blog
  • Destination
  • Adventure
  • Photo
  • Profile
  • Aviation
  • Culture
  • Hospitality
  • Interview
  • Auto
  • Others

चिसो छल्न रारा आएका पाहुना चराको गणना


tourismpana logo png
टुरिजम पाना संवाददाता मुगु । ९ माघ २०८०
चिसो छल्न रारा आएका पाहुना चराको गणना गरिएको छ । रारा राष्ट्रिय निकुञ्जको कार्यालय मुगुले सोमबार नेपालकै ठूलो ताल रारामा चिसो छल्न आएका पाहुना चराको गणना गरेको हो । गणना कार्यमा निकुञ्जका कर्मचारी, नेपाली सेना, मध्यवर्ती समितिका पदाधिकारी र स्थानीयको सहयोग सहभागिता रहेको थियो ।
चरा गणना गर्न निकुञ्जले चार समूह बनाएर चराको संधै बसोबास गर्ने र तैरिने तालका निश्चित ठाउँमा खटाई सोमबार बिहान ९ देखि ११ बजेसम्म गणना गरिएको निकुञ्ज कार्यालयका वरिष्ठ संरक्षण अधिकृत राजु घिमिरेले जानकारी दिनुभयो ।
चारवटै टोलीले ल्याएका चराको सङ्ख्या, प्रजातिलाई छुट्याउँदा यो मौसममा साइबेरिया र मानसरोवरबाट चिसो छल्न सोमबारसम्म कोम्मोन कोड (मरुल) एक सय ७८, टुप्टेड डक (कालिजुरे हास) ८१, खोया हास तीन, हरियो टाउके हाँस एक, सुनजुरे हाँस एक सय १७ र सिउरी डुबुल्के हाँस १२ गरी कूल तीन सय ९२ पाहुना चरा रारा आएको पाइएको वरिष्ठ संरक्षण अधिकृत घिमिरेले बताउनुभयो ।
उहाँका अनुसार चिसो छल्न सयौँ चरा कैयौँ माइलको यात्रा गर्दै आउने क्रममा धेरै चराको समूहबाट छुटेर, बाटो बिराएर, थाकेर बाटोमै मृत्यु हुने गरेको र पुस तथा माघमा रारा पुगेका पाहुना चरा चार÷पाँच महिनाको रारा बसाइपछि फर्किन्छन् । पुस र माघको चिसोमा रारा तालको पानी तातो हुने, पर्याप्त आहारा पाइने भएकाले चरा रारा आउने गरेका हुन् । पाहुना चरा निकुञ्जको मिलीचौर, ठाकुरज्यू मन्दिर, ओखरबोट, निजार क्षेत्रमा खोयाहाँस, कपनकुटलगायत चरा प्रशस्त देख्न सकिन्छ । तालमा मिसिएका स–साना हिमखोलातिर पनि यी चरा उक्लिने गरेका छन् ।
चरा राति बास बस्न ताल नजिकका ढुङ्गेओढार र रूखमा आउने गरेका छन् । मङ्सिर सुरु भएपछि राराको तालदेखि जङ्गल क्षेत्रमा विभिन्न प्रकारका ठूला–साना चराचुरुङ्गी देखिनाका साथै चिरबिर आवाज सुनिने गरेको मुर्मा गाउँका स्थानीय नन्दसिङ रोकायाले बताउनुभयो । प्रत्येक वर्ष विश्वका विभिन्न चिसो ठाउँबाट चिसो छल्न रारामा विभिन्न प्रजातिका पाहुना चरा आउने गरेका छन् । कुन वर्ष कति पहुना चरा आए भनेर निकुञ्जले चराको गणना गर्ने गर्दछ ।
९ माघ २०८०

You may also like

Headlines • Hospitality • News • Photo • Uncategorized

नेपालमै पहिलो स्काइ लाउञ्जसहितको लग्जरी हेरिटेज होटल ‘आर्या होटल एण्ड स्पा’

36 Views
4 Min Read
Headlines • News • Uncategorized

होमस्टेको ‘हब’ बन्दै लमजुङ

8 Views
8 Min Read
Headlines • News • Uncategorized

समृद्धिको आधार पर्यटन

6 Views
7 Min Read
चार अन्तर्राष्ट्रिय विमानस्थललाई पीपीपी मोडलमा सञ्चालन गर्ने तयारीमा छौँ – मन्त्री किराती
चिसो बढेसँगै सगरमाथा क्षेत्रमा घटे पर्यटक
    Share This!
    FacebookXPinterestLinkedInWhatsApp

Topics

  • Adventure238
  • Auto16
  • Aviation290
  • Blog15
  • Corporate114
  • Culture200
  • Destination244
  • Headlines1,971
  • Hospitality143
  • Interview10
  • News525
  • Others29
  • Photo152
  • Profile37
  • Uncategorized402

Featured

Headlines • Hospitality • News • Photo • Uncategorized

नेपालमै पहिलो स्काइ लाउञ्जसहितको लग्जरी हेरिटेज होटल ‘आर्या होटल एण्ड स्पा’

Headlines • News • Uncategorized

होमस्टेको ‘हब’ बन्दै लमजुङ

Headlines • News • Uncategorized

समृद्धिको आधार पर्यटन

Headlines • News • Uncategorized

सगरमाथालाई नजिकैबाट नियाल्न गौरीटाप

Headlines • News • Uncategorized

महासङ्घद्वारा तारागाउँ रिजेन्सी होटल सम्मानित

Hospitality

Headlines • Hospitality • News • Photo • Uncategorized

नेपालमै पहिलो स्काइ लाउञ्जसहितको लग्जरी हेरिटेज होटल ‘आर्या होटल एण्ड स्पा’

10:46 am
Corporate • Headlines • Hospitality • News • Uncategorized

बुटवलमा दोस्रो सिद्धार्थ कटेज, अर्थमन्त्री कार्कीले गरे उद्घाटन

6:00 pm
Corporate • Headlines • Hospitality • News • Uncategorized

Siddhartha Hospitality Launches ‘Food against Cancer’ Campaign

5:46 pm
Headlines • Hospitality • News • Uncategorized

२७औँ वर्षमा सिद्धार्थ हस्पिटालिटी, विदेशमा सेवा विस्तारको लक्ष्य

5:40 pm
Headlines • Corporate • Hospitality • News

सिद्धार्थ हस्पिटालिटीको ‘क्यान्सरविरुद्धको खाना’ अभियान

3:31 pm

Aviation

सुरक्षा जाँच पछि काठमाडौँ फर्कियो बिराटनगर होल्ड भएको बुद्ध एअरको जहाज

12:04 am

बर्ड स्ट्राइकका कारण बुद्ध एयरको जहाज बिराटनगरमा होल्ड

10:28 pm

सुर्खेतमा तारा एयरको उडान बन्द

5:20 pm

भोजपुरमा ‘ग्रेटर मुन्दुम’ पदमार्गको काम सुरु

9:21 am

गौतमबुद्ध विमानस्थलमा न्यारोबडी एयरलाइन्सको बेस बनाउन माग

11:20 am

Heritage

panauti municipality
Culture • Destination • Headlines • Photo

पनौतीको रहस्यमय ब्रह्मायणी मन्दिर

12:58 pm
chhatha parva
Culture • Headlines

छठपर्व सुरु, आज ‘नहाय-खाय’

10:26 am
Doharai Tika sanu
Culture • Headlines

काठमाडौंका डान्स बार र दोहोरी राती २ बजेसम्म खुल्ने

7:05 pm
Culture • Headlines

एक महिने स्वस्थानी व्रत आजदेखि, शालि नदीमा लाखौं भक्तजन आउने

12:08 pm
Culture • Headlines

आजदेखि सेतो मच्छिन्द्रनाथको रथयात्रा, मेयर बालेनले गरे अवलोकनको निम्तो

11:29 am

Tourism Pana

Tourismpana.com is a tourism-focused magazine and online media launched for the promotion of domestic and foreign tourism, tourism-related activities and advocacy at the policy level. It aspires to highlight various aspects of Nepal’s tourism industry including the untouched destinations and the renowned heritages.


Contact:
[email protected] , 9802333364
KTM, Metropolitan-10, Baneshwor, KTM, Nepal

Tourism Pana Copyright © 2025. Developed by Madani Media Network Pvt. Ltd.