नेपाललाई बढी घुमिने देश बनाउने राष्ट्रिय स्वतन्त्र पार्टीको प्रण

पाँच वर्षभित्र पर्यटनबाट न्यूनतम ३ खर्ब आम्दानी गर्ने लक्ष्य


टुरिजम पाना काठमाडौं । १७ कार्तिक २०७९
Rabi Lamichhane

रवि लामिछाने अध्यक्ष रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले नेपाललाई बढी घुमिने देश बनाउने प्रण गरेको छ । आगामी प्रदेश तथा संघ निर्वाचनका लागि वाचापत्र सार्बजनिक गर्दै नेपाललाई घुम्नुपर्ने देशबाट बढी घुमिने देश बनाउने प्रण गरेको हो ।

यस्तै पाँच बर्षभित्र पर्यटनबाट बार्षिक न्यूनतम ३ खर्ब आम्दानी गर्ने लक्ष्य राखेर विभिन्न कार्य गर्ने पनि घोषणा गरिएको छ । जुन आम्दानी कोभिड पूर्वको आम्दानीको ५ गुणाले बढी हो । साहसिक पर्यटनलाई ब्यवस्थित गर्दै नेपाललाई साहसिक पर्यटनको विश्व गन्तब्य बनाउन ५ अर्बको साहसिक पर्यटन बिकास कोष स्थानपना गर्ने लक्ष्य पनि सो पार्टीले राखेको छ ।

यसका साथै हरेक राजदुतावासमा पर्यटन विङको स्थापना, मुख्य पर्यटकीय क्षेत्र चौबिसै घण्टा खोल्ने, प्रति महिना ५ हजार भन्दा बढी कमाउने डिजिटल घुमन्तेहरु र रिमोट वर्करलाई एक वर्षे अन अराइभल भिसा प्रदान गर्ने, गुठीलाई पुन जागृत गर्ने र प्रत्येक प्रदेशमा सांस्कृतिक केन्द्रहरु स्थापना गर्ने लगायतका प्रण गरिएको छ ।

Rabi Lamichhane
Rastriya Swatantra Party Manifesto
१७ कार्तिक २०७९