त्रिशुली रिभर साइड रिसोर्टमा सफारी टेन्ट विस्तार


टुरिजम पाना धादिङ । २५ माघ २०७९

त्रिशुली रिभर साइड रिसोर्टले सफारी टेन्ट थप गरेको छ । पर्यटकको आवश्यकतालाई मध्यनजर गर्दै रिसोर्टले १५ वटा सफारी टेन्ट थप गरेको सञ्चालक उद्धव कँडेलले जानकारी दिए । केही दिनअघिदेखि सफारी टेन्ट समेत सञ्चालनमा ल्याइएको उनको भनाइ छ ।

यसअघि सामान्य टेन्ट र सुविधासम्पन्न कोठाहरूमा बस्दै आएका पर्यटकहरूले अब रिसोर्टमा आफ्नो इच्छाअनुसार सफारी टेन्टमा बस्न सक्नेछन् । सफारी टेन्टमा बस्नका लागि २ हजार २ सय रुपैयाँ प्रतिव्यक्ति शुल्क लाग्ने रिसोर्टले जनाएको छ । जसमा ब्रेकफास्ट, लञ्च, स्याक्स र डिनरको व्यवस्था गरिएको छ ।

करिब ५० लाख रुपैयाँ लगानीमा रिसोर्टले सफारी टेन्ट राखिएको हो । यसअघि पर्यटकहरूले टेन्टमा बस्न खोजेपनि सामान्य टेन्टमा मन नगरेकाले सफारी टेन्ट राखिएको सञ्चालक कँडेल बताउँछन् । उनका अनुसार, सफारी टेन्टमा भित्र बत्तीहरू पनि जडान गरिएको छ । यस किसिमको टेन्टलाई आधुनिक टेन्टको रुपमा पनि लिइन्छ ।

सफारी टेन्टमा ४ जनासम्म बस्न सकिने रिसोर्टले जनाएको छ । पारिवारिक रुपमा घुमघाम गर्न जाने वा साथीभाइहरू घुम्न जानेहरूका लागि पनि यो विशेष सुविधा हुने रिसोर्टले जनाएको छ । रिसोर्ट त्रिशुली नदीमाथि जिपलाइन तथा स्काई साइक्लिङ र र्‍याफ्टिङका लागि चर्चित रहेको छ ।

२५ माघ २०७९