बाराही हस्पिटालिटीका होटल र रिसोर्टमा ‘भ्यालेन्टाइन डे’ अफर


टुरिजम पाना काठमाडौं । २४ माघ २०७९

बाराही हस्पिटालिटी गुप्रका होटल तथा रिसोर्टले ‘भ्यालेन्टाइन डे’ को अवसरमा विभिन्न अफरहरु सार्बजनिक गरेको छ ।

‘भ्यालेन्टाइन डे’ को अवसरमा प्रेमजोडीहरुलाई लक्षित गरी बाराही हस्पिालिटीले सस्तो, सुलभ अफरहरु सार्बजनिक गरेको हो । हस्पिटालिटीले पर्यटकीय पोखराको लेकसाईडमा रहेको बाराही होटल र आवास होटल, सराङकोटमा रहेको सराङकोट माउण्टेन लज र चितवनको मेगौलीमा रहेको बाराही जंगल लजमा ‘भ्यालेन्टाइन डे’ को अवसरमा विशेष छुटमा नाइट स्टे सहितको प्याकेज प्राप्त गर्ने छन् ।

अफर अन्तर्गत होटल बाराहीमा कपल जोडीमा लागि नाइट स्टे सहित ब्रेक फास्ट र वेलकम डिङक्सको ७ हजार, आवास होटलमा एक रातको प्याकेजको ४५ सय तोकिएको छ । जसमा कपल जोडीले नाइट स्टे सहित ब्रेकफास्टको सुविधा दिईने छ ।

यसैगरी सराङकोट माउण्टेन कपल जोडीको नाइट स्टे, वेलकम डिङक्स, सनराइज ब्रेकफास्ट, रोमान्टिक डिनर र केक सहित प्याकेजका लागि १६ हजार तोकिएको छ ।

यस्तै चिवतनको बाराही जंगल लजमा कपल जोडीले १३ हजारमा आरामदायी बसाईसँगै ब्रेकफास्टको सुविधा पाईएको छ । गुप्रका यी होटलहरुमा अफर फ्रेबुअरी १ देखि १४ सम्म लागु हुने छ ।

२४ माघ २०७९