सराङकोटमा नयाँ वर्षदेखि लक्जरी रिसोर्ट ‘दोर्जे’ सञ्चालनमा आउँदै


टुरिजम पाना संवाददाता काठमाडौं । २१ माघ २०७९

सराङकोटमा नयाँ वर्षदेखि नयाँ लक्जरी रिर्सोट सञ्चालनमा आउने भएको छ ।

लक्जरी प्रकृतिको ‘दोर्जे रिर्सोट’ लाई नयाँ वर्षदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको रिर्सोटका सञ्चालक दोर्जे लामाले टुरिजम पानालाई जानकारी दिए ।

उनका अनुसार, रिसोर्टमा लक्जरी प्रकृतिका २३ वटा कोठा (रुम) रहेका छन् । एउटा कोठाका लागि करिब २ सय डलरको रेन्जमा मूल्य पर्न जाने सञ्चालक लामाले जानकारी दिए ।

उनले भने,‘हामीले सबै रेट निर्धारण गरिसकेका छैनौँ । सञ्चालनमा आउँदा २ सय डलरको रेन्जमा कोठाहरू दिइन्छ भन्ने छ ।’

उनका अनुसार, रिसोर्टमा स्विमिङ पुल, स्पा, साउना जस्ता विशेषता छन् । साथमा कन्फ्रेरेन्स हल पनि समावेश गरिएको सञ्चालक लामाले बताए ।

सराङकोट नगरपालिका वडा नम्बर १८ मा पर्ने सो रिसोर्ट त्यहाँको एकमात्र केवलकारको बेस स्टेसनभन्दा तल रहेको छ ।

नयाँ वर्षपछि विस्तारै अर्थतन्त्रमा सुधार आउने अपेक्षाका साथ रिसोर्ट पनि सञ्चालनमा ल्याउने तयारी गरिएको उनको भनाइ छ ।

२१ माघ २०७९