पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरू कमिशनको खेलमा मात्रै लाग्छन्


टुरिजम पाना काठमाडौं । १८ चैत्र २०७९

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीले पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरू कमिशनको खेलमा मात्रै लाग्ने गरेको बताएका छन् ।

शनिबार बिहान पशुपतिनाथ क्षेत्रको सरसफाइमा सहभागी भएलगत्तै नेपाल पर्यटन बोर्डले आयोजना गरेको एक कार्यक्रममा उनले सो कुरा बताएका हुन्।

पशुपति क्षेत्र परिसरमा सफाइ गर्ने क्रममा आफूलाई त्यहाँ रहेका मानिसहरूले पशुपति क्षेत्र विकास कोष जताबाट कमिशन आउँछ, त्यतै लाग्ने गरेको बताए।

मन्त्री किरातीले पशुपतिनाथ क्षेत्रको फोहोर देखेर आफू साह्रै लज्जित भएर फर्केको पनि बताए। त्यहाँ जाने दर्शनार्थीहरूले शौचालय आफूलाई सोधेको र आफू पनि खोज्दै हिड्नुपर्ने अवस्था आएको पनि उनको गुनासो थियो।

 

१८ चैत्र २०७९