हिमालय एयरलाइन्सका तीन ‘क्याबिन क्रु’ निलम्बित


टुरिजम पाना काठमाडौं । १७ चैत्र २०७९
Himalaya Airlines

नेपाल नागरिक उड्डयन प्राधिकरणले हिमालय एयरलाइन्सका तीन ‘क्याबिन क्रु’लाई निलम्बन गरेको छ ।

हवाई उडान मापदण्ड उल्लंघन गरेको भन्दै प्राधिकरणले बिहीबार चालक दलका तीन सदस्यलाई निलम्बन गरेको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार बिहीबार काठमाडौं–दोहा रुटमा उडानमा रहेको एच ९–५६३ उडान नम्बरको जहाजमा उनीहरूले उडानका क्रममा फोटो तथा भिडियो खिचेका कारण निलम्बन गरिएको प्राधिकरणले जनाएको छ ।

१७ चैत्र २०७९