नयाँ गन्तव्य खोजेर हिँड्ने पर्यटकहरू बढे : दीपकराज जोशी


टुरिजम पाना संवाददाता काठमाडौं । १८ असार २०८२

नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशीले नयाँ गन्तव्य खोजेर हिँड्ने पर्यटकहरू बढ्दै गएको बताएका छन्। बुधवार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले अहिले नयाँ डेस्टिनेसन खोजेर हिँड्ने टुरिजम धेरै बढिरहेकाले सरकारले पनि सोहीअनुसार योजना अघि बढाइरहेको उल्लेख गरे। उनले सोलो ट्राभल डेस्टिनेशन पनि अत्यधिक बढिरहेकाले यो ट्रेनलाई समातेर बोर्डले आफ्ना कामहरू गरिरहेको उल्लेख गरे।

पर्यटनसँगै प्रविधिको विस्तार गर्न पनि जरुरी रहेको बताए। उनले हिमाल, धार्मिक क्षेत्रहरूमा पर्यटन प्रवर्द्धनमा जोड दिनेगरी योजनाहरू अघि बढाइरहेको बताए।

१८ असार २०८२