पर्यटन बोर्ड र युएसएआईडीसँगको सहकार्यमा क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न


टुरिजम पाना संवाददाता काठमाडौं । १२ जेष्ठ २०८०

नेपाल पर्यटन बोर्डले नेपालको पर्यटन प्रवद्र्धनका लागि युएसएआईडीसँगको साझेदारीमा सोसल मिडिया मार्केटिङ तथा स्टोरी टेलिङ सम्बन्धि क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न गरेको छ ।

नेपाल पर्यटन बोर्ड र युएसएआइडी ट्रेड एण्ड कम्पिटिटिभनेसले स्टेलरसँग साझेदारीमा आज पर्यटन बोर्डमा सो कार्यक्रम सम्पन्न भएको हो ।

स्टेलरले निजी क्षेत्रहरूमा सामाजिक मिडिया मार्केटिङ र स्टोरीटेलिङमा क्षमता अभिवृद्धि कार्यशाला आयोजना गर्ने गर्दछ । जसले मिडिया आउटरीच र डिजिटल स्टोरीटेलिङ प्लेटफर्महरू प्रयोग गर्ने क्षमता अभिवृद्धि गर्न र पर्यटकहरूलाई आकर्षित गर्न मार्केटिङ पहलहरूलाई समर्थन गर्न सघाउ पुर्याउँदछ ।

कार्यक्रममा विदेशबाट आएका सोसलमिडिया एन्फुलुएन्सरहरुले सोसल मिडिया मार्केटिङ तथा स्टोरी टेलिङका बारेमा शैद्धान्तिक तथा व्यवहारिक कक्षा दिएका थिए ।

सो अवसरमा बोल्दै नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले पछिल्लो समय शोसल मिडियाको प्रयोग बढिरहेको सन्दर्भमा यसको प्रयोगबाट पर्यटन क्षेत्रको प्रर्वद्धनमा सघाउ पुग्ने बताए ।

उनले युएसएआईडीसँगको साझेदारीको लागि आभार व्यक्त गर्दै यस प्रकारका अन्य कार्यक्रममा पनि सहकार्य हुने बताए ।

पर्यटन क्षेत्रका विभिन्न संघ संस्थाबाट सहधभागीता रहेको सो कार्यक्रममा स्टेलटरका पार्टनरसीप डाइरेक्टर भाजुल सजाकास, तथा सोस मिडिया एन्फुलुएन्सर केनान मुर्फी, लिन्डसे स्टेभन, एरिक मार्ट, अलिसन वोल्फले आफ्नो सोसल मिडिया अनुभव सहित यसका विभिन्न आयामबारे प्रकाश पारेका थिए ।

१२ जेष्ठ २०८०