नेपाल सरकारका पूर्व सचिव किशोर थापाले नेपाल विदेशी एयरलाइन्सहरूको लागि आकर्षक गन्तव्य भइरहेको बताएका छन्।
आइतबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले अहिले पनि धेरै विदेशी एयरलाइन्सहरूले नेपालमा उडान भर्ने चाहना राखिरहेको र आइरहेको पनि उल्लेख गरे।
विदेशी एयरलाइन्सहरूले उडानको संख्या बढाउन चाहिरहेकोे सन्दर्भमा नेपालले उनीहरूलाई अझै सहुलियतहरूको व्यवस्था गरी थप उडानका लागि प्रोत्साहित गर्नुपर्ने बताए।
नेपालको सिभिल एभिइशनको वल्र्डबाइड मार्केट छिमेकी देशहरू नै रहेको बताउँदै युरोपमा ब्ल्याक लिस्टमा परेर कुनै असर नहुने बताए। उनले गैरसैनिक हवाई उडान ऐन, २०१५ रहेको तर अहिलेका विधेयकमा कतै उल्लेख भएको नपाइएको बताए।