पोखरा । पोखराको पामेमा रहेको द कल्चर रिसोर्टले चाडपर्वको अवसर पारेर दशैं विशेष अफर ल्याएको छ ।
रिसोर्टले ल्याएको दशैं प्याकेजमा ११ हजार रुपैयाँमा एक रात बस्न सकिनेछ । जसमा सुपर डिलक्स रुम, वेलकम ड्रिंक्स, फ्रुट बास्केट र कुकिज, ब्रेकफास्ट, डिनर, नेपाली वाइन, आउटडोर स्वीमिङ पुल, ह्याप्पी आवर, केवलकार, रुम सर्भिस सुविधा र फुड एन्ड बेभरेज सुविधा रहेको छ ।
तीन तारे स्तरको सेवा र सुविधा उपलब्ध गराउँदै आएको द कल्चर रिसोर्टमा लेकसाइडबाट पामे जाने बाटो रहेको रिसोर्टबाट उत्तरी फेवातालको सुन्दर र मनोरम दृश्य देख्न पाइन्छ । रिसोर्टमा सुविधासम्पन्न ११ वटा डिलक्स कोठा छन् । गार्डेन रेस्टुरेन्ट, गार्डेन बार, स्पा, स्वीमिङ पुल र सेमिनार हल पनि रहेको छ ।
यो रिसोर्ट मौलिक शैलीका ढुंगा छापेर बनाइएको छ । काठ पनि मौलिक शैलीकै प्रयोग गरिएको छ ।