चाडपर्वलाई लक्षित गर्दै वरपिपल रिसोर्टले ल्यायो विशेष प्याकेज


टुरिजम पाना पाेखरा । १२ आश्विन २०७९
Bar pipal resort, hotel, pokhara, lakeside

पाेखरा । पोखराको लेकसाइडमा रहेको बरपिपल रिसोर्टले चाडपर्वलाई लक्षित गर्दै दशैं प्याकेज ल्याएको छ ।

सफा र स्वच्छ हावा, रोमान्टिक वातावरण र फेवा तालको मनमोहक दृश्य देखिने बरपिपल रिसोर्टमा पोखरा घुम्न जानेहरुलाई लागि प्याकेज ल्याएको हो ।

प्याकेजअन्तर्गत लक्जरी प्रिमियम रुम, निशुल्क आवागमन, बफेट ब्रेकफास्ट, साउना, स्पा र मसाज, स्वीमिङ पुल, तालको दृश्य देखिने निजी बाल्कोनीसहितका सुविधा रहेका छन् । ४० वटा कोठासहित १० रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टमा बगैंचा, खुला स्थान, सुरक्षित पार्किङको पनि व्यवस्था छ ।

रिसोर्टको स्वीट रुममा ज्याकुजीको सुविधासमेत छ । शान्त वातावरणमा रहेको रिसोर्टको रुमबाटै पनि फेवाताल, शान्ति स्तुपा र वरपरको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ ।

नेपाली सँस्कृती झल्काउने फोर स्टार स्तरको रिसोर्टको रुफटपमा रहेको इन्फिनिटी स्विमिङ पुलबाट समेत पोखरा आसपासको दृश्य हेर्दै आनन्द लिन पाइन्छ ।

२०७८ चैतमा नेपाल सरकारले डिलक्स रिसोर्टमा सूचीकृत गरेको वरपिपलले यस वर्ष १५ वटा रुम थप गर्ने योजना पनि बनाएको छ ।

१२ आश्विन २०७९