एक महिनामै भित्रिए ५५ हजार विदेशी पर्यटक नेपाल


टुरिजम पाना काठमाडौं । १८ माघ २०७९
punhill and ghorepani

नेपालमा एक महिनाको अवधिमा ५५ हजार भन्दा बढी विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् ।

पर्यटन बोर्डका निर्देशक एवं प्रवक्ता मणिराम लामिछानेका अनुसार अंग्रेजी नयाँ बर्ष २०२३ को जनवरीमा विभिन्न विदेशी मुलुकबाट ५५ हजार ७४ पर्यटन नेपाल आएका हुन् ।

यसरी नेपाल आउनेमा सबैभन्दा धेरै भारतीय पर्यटक रहेका छन् भने दोस्रो मा अमेरिका रहेको छ । भारतबाट १६ हजार ४६३ पर्यटक नेपाल आउँदा अमेरिकाबाट ६ हजार ५६१ पर्यटक नेपाल आए । यस्तै अष्ट्रेलियाबाट तीन हजार ४४१, बंगलादेशबाट दुई हजार ४६८ पर्यटन नेपाल आए ।

गत वर्ष २०२२ को जनवरीको तुलनामा यस वर्ष पर्यटक आगमनमा तेब्बर बृद्धि भएको हो । गत वर्षको जनवरी १६ हजारमा पर्यटक नेपाल भित्रिएका थिए । नेपालमा कोरोना भाइरसको महामारी शुरु भएपछि जनवरी महिनामा नेपाल भित्रने पर्यटकको संख्या सबैभन्दा धेरै हो ।

१८ माघ २०७९