नेपालको लोकप्रिय अनलाइन खाना डेलिभरी कम्पनी फुडमाण्डु १३ औं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा कम्पनीले आफ्नो प्लेटफर्ममार्फत् अर्डर गर्दा छुट प्रदान गरिरहेको छ ।
कम्पनीले वार्षिकोत्सवको अवसरमा ग्राहकका लागि विभिन्न अफरहरु ल्याएको कम्पनीका मार्केटिङ तथा ब्राण्डिङ हेड श्याम रत्न मालीले जानकारी दिए ।
अफरअन्तर्गत ग्राहकहरुले १२ रुपैयाँमा ९ सय रुपैयाँसम्मको खाना अर्डर गर्न सक्नेछन् । यसबाहेक १२ सयको कम्बो खानामा ४० प्रतिशतसम्म छुट अफर रहेको छ । त्यस्तै, एक दिनका लागि जुनसुकै मेन्युमा पनि फुडमाण्डुले शुक्रबार १२ प्रतिशतसम्मको छुट दिएको छ ।
भुक्तानी गर्ने क्रममा आइएमई पे, खल्ती, कनेक्ट आइपिएस र फोन पेजस्ता डिजिटल वालेट प्रयोग गर्दा १२ प्रतिशतसम्म क्यास ब्याक पाउनेछन् । यी अफर मंसिर ६ सम्म लागू हुनेछ ।
फुडमाण्डु सन् २०१० नोभम्बर ११ मा स्थापना भएको हो । काठमाडौंबाट सेवा सुरु गरेको फुडमाण्डु अहिले काठमाडौं उपत्यकाबाहिर पोखरामा पनि सुरु भएको छ ।