पर्यटनतर्फ सबैभन्दा धेरै कर तिर्यो मनकामना दर्शन प्रालिले


टुरिजम पाना काठमाडाैं । ९ मंसिर २०७९
mankamana cable car

मनकामना दर्शन प्राइभेट लिमिटेड पर्यटन क्षेत्रतर्फ आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा धेरै कर तिर्ने कम्पनी भएको छ । गत आर्थिक वर्षमा सबैभन्दा धेरै कर तिर्ने कम्पनी भएपछि आन्तरिक राजश्व विभागले सम्मान गरेको छ ।

आन्तरिक राजस्व विभागले आयोजना गरेको सम्मान समाराेहमा आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा धेरै कर तिर्ने व्यक्ति तथा संस्थालाई विभिन्न १५ वटा विधामा सम्मान गरिएको हो ।

tax mankamana

नेपालकै पहिलाे केबलकार कम्पनी मनकामना २०५५ साल मंसिर ८ गतेदेखि सञ्चालनमा आएको हाे । कम्पनीका अनुसार अहिलेसम्म केबलकारले १ करोड ७० लाख यात्रुलाई सेवा दिइसकेको छ ।

त्यस्तै केबलकार कम्पनीको भगिनी कम्पनी रिसोर्ट्स बाइ मनकामना केबलकारले हाइ इण्ड रिसोर्ट सञ्चालनमा ल्याउने लागेको छ । ४० कोठा क्षमताको रिसोर्ट गोरखास्थित टप स्टेसनमा ४८ करोडको लागतमा निर्माण हुने केबलकार कम्पनीले जानकारी दिएको छ ।

९ मंसिर २०७९