गुगल म्यापमा लाइभ ट्राफिक हेर्न सकिने फिचर सुरु


टुरिजम पाना काठमाडाैं । ९ मंसिर २०७९
live traffic in kathmandu

नेपालमा अब गुगल म्यापबाट लाइभ ट्राफिक हेर्न सकिने भएको छ । गुगलले पछिल्लो अपडेटमा नेपालमा लाइभ ट्राफिक हेर्न सकिने फिचर राखेको हो । यसभन्दा अगाडि केही देशमा यो फिचर उपलब्ध थियो ।

गुगलले सन् २००७ देखि लाइभ ट्राफिक सुविधा सुरु गरेको थियो । यो सुविधासँगै नेपालका सहरी क्षेत्र र मुख्य राजमार्गमा ट्राफिकको अवस्थाबारे जानकारी लिन सकिन्छ ।

गुगल म्यापमा गएर निश्चित गन्तव्य छनोट गरी नेभिगेसन सुरु गरेपछि लाइभ ट्राफिक हेर्न सकिन्छ । गुगल म्यापले ट्राफिकको अवस्था देखाउन ३ वटा रंगको प्रयोग गरेको छ ।

यसमा निलो रंगले जाम नभएको, पहेँलो रंगले सडकमा सवारीको अत्यधिक चाप भएको र रातो रंगले जाम भइरहेको भन्ने संकेत गर्छ ।

९ मंसिर २०७९