कास्की-१ बाट पोखराका पर्यटन व्यवसायी गुरुङ विजयी


टुरिजम पाना कास्की । ९ मंसिर २०७९
man bahadur gurung

कास्की क्षेत्र नं १ मा पोखराका पर्यटन व्यवसायी एवं नेकपा एमालेका नेता मनबहादुर गुरुङ प्रतिनिधि सभामा विजयी भएका छन् ।

नेपाली कांग्रेसका किशोरदत्त बराललाई २ हजार ५ सय १९ मतले पछि पार्दै गुरुङ सांसद निर्वाचित भएका हुन् । एमालेका गुरुङले २५ हजार ७ सय ८ मत प्राप्त गर्दा कांग्रेसका बरालले २३ हजार १ सय ८९ मत पाए ।

यस अगाडि गण्डकी प्रदेश सभा सदस्य रहेका गुरुङ पोखराको पर्यटन व्यवसायमा समेत सक्रिय छन् । कृषि व्यवसाय समेत सञ्चालन गर्दै आएका गुरुङको पोखरामा सिक्लेस भ्यू होटल रहेको छ ।

९ मंसिर २०७९