आज क्रिसमस डे, पर्यटकीय गन्तब्य ठमेल, पोखरा र सौराहामा विशेष रमझम


टुरिजम पाना काठमाडौं । १० पुष २०७९

आज २५ डिसेम्बर अर्थात् क्रिसमस डे । हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको अवसरमा क्रिसमस डे मनाउने गरिन्छ ।

आज पनि नेपालसहित संसारभरका क्रिश्चियनहरूले क्रिसमस मनाउँदै छन् । यस अवसरमा आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरिँदै छ । क्रिसमस डेका अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।

पछिल्लो समय मुख्य सहरका प्रमुख स्थलमा क्रिसमस ट्री सजाउने गरेको देखिन्छ । विशेषगरी क्रिश्चियन समुदायका विदेशी पर्यटकलाई आकर्षित गर्न साज सज्जा गरिएको छ । पर्यटकीय क्षेत्र ठमेल, बौद्ध, पोखरा, सौराहा लगायत स्थलमा क्रिसमसको रमझम बढी देखिएको छ ।

१० पुष २०७९