बुद्ध एयरका संस्थापक अध्यक्ष बस्नेतको निधन


टुरिजम पाना काठमाडौं । १० पुष २०७९

बुद्ध एयर प्राइभेट लिमिटेडका संस्थापक अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको निधन भएको छ।

आइतबार बिहान ९३ वर्षको उमेरमा उनको निधन भएको हो । भोजपुरको दिंगलास्थित साल्मामा जन्मिएका बस्नेत सर्वोच्च अदालतको न्यायाधीश, नेपाल निर्वाचन आयोगको प्रथम प्रमुख आयुक्त, कानुन, न्याय तथा शिक्षा मन्त्री (२०२४), अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री (२०२५) समेत थिए ।

यस्तै उनी नेपाल प्रेस काउन्सिलको संस्थापक अध्यक्ष समेत हुन्। ७० वर्षको उमेरमा बुध्द एयर स्थापना गरेर नेपाल र नेपालीलाई हवाई सेवामार्फत जोड्ने कार्यको शुरूवात गरेका थिए ।

हाल बुद्ध एयरमा उनका छोरा वीरेन्द्रबहादुर बस्नेत प्रवन्ध निर्देशकको भूमिकामा रहेका छन् ।

यसैबीच बुद्ध एयरले संस्थापक अभिभावक गुमाउनुपर्दा मर्माहत र स्तब्ध भएको जनाएको छ । एयरले सामाजिक सञ्जालमा लेखेको छ, हामीले एक असल अभिभावक गुमाए पनि उहाँले देखाउनु भएको बाटोलाई हामी बुध्द एयरकर्मी सधैं अनुसरण गरि अगाडि बढ्ने छौं ।

१० पुष २०७९