धान दिवसमा ‘अक्स रेस’ गराउँदै स्पार्क एड्भेञ्चर


टुरिजम पाना संवाददाता काठमाडौं । १४ असार २०८०

स्पार्क ग्रुप अन्तर्गतको स्पार्क एड्भेञ्चरले असार १५ गते धान दिवसको अवसरमा गोरू दौड गर्ने भएको छ ।
नुवाकोटमा राष्ट्रिय धान दिवसको अवसर पारेर कम्पनीले गोरु दौड (अक्स रेस) गर्न लागेको हो ।

सो दौड हेर्नका लागि १ हजार ९९९ रुपैयाँ टिकट शुल्क तिर्नुपर्ने एड्भेञ्चरले जनाएको छ ।

कार्यक्रममा गोरु दौडमात्र नभएर हिलो खेल्ने, धान रोप्ने, म्युजिक कन्सर्ट लगायतका कार्यक्रम गरिनेछ ।

साथै रैथाने एवम् स्थानीय बालीको प्रवर्द्धन तथा प्रदर्शनी समेत गरिनेछ ।

कार्यक्रमबारे विस्तृत जानकारीका लागि ९८०२३१५७११ मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।

स्पार्क एडभेञ्चरले पर्यटन प्रवर्द्धन, हनी हन्टिङ जस्ता साहसिक कार्यक्रम मार्फत पर्यटन प्रवर्द्धन गर्दै आएको छ ।

१४ असार २०८०