चितवन राष्ट्रिय निकुञ्जमा शनिबारदेखि जंगल ड्राइभ र डुंगा सफारी बन्द हुने


टुरिजम पाना चितवन । १४ असार २०८०
Chitwan Sauraha
तस्वीर : विजयेन्द्र वीर आले

चितवन राष्ट्रिय निकुञ्जले शनिबारदेखि जंगल ड्राइभ र डुंगा सफारी बन्द गर्ने भएको छ।

चितवन निकुञ्जले सूचना जारी गर्दै वर्षायाममा निकुञ्जभित्रका कच्ची वनपथहरू बिग्रिने, जंगलमा भएका स–साना खोला, खोल्सीमा भलबाढी आउने, रूख लडेर बाटो अवरूद्ध हुने औंल्याएको छ। त्यस्तै यसले मानवीय क्षतिसमेत हुनसक्ने कारणले जिप र डुंगा सफारी बन्द गर्न लागिएको बताइएको छ।

वर्षाको मौसमलाई मध्यनजर गर्दै चितवन निकुञ्जले हरेक वर्ष केही समय यी गतिविधि बन्द गर्ने गर्छ। वनपथहरूमा जोखिम मत्थर भएपछि पुनः पर्यटन गतिविधिहरू सुरू हुने बताइएको छ ।

१४ असार २०८०