अमेरिकी फोटोग्राफरले खिचेका तस्वीर ‘फेक’ भएको दाबी


टुरिजम पाना काठमाडौं । १० मंसिर २०७९
sagarmatha photo

अमेरिकी फोटोग्राफर कितिया पावलोव्स्कीले नेपालको सगरमाथा क्षेत्रमा खिचेको भनिएको हिउँ चितुवाको तस्वीर नक्कली भएको दाबी गरिएको छ ।

हिमाली जीवन, प्रकृति र फोटोग्राफीका विज्ञहरूले चलाएको ‘अलपाइन इन्टरनेसनल म्यागाजिन’ले फोटोको फ्याक्ट चेक गरी यस्तो दाबी गरेको हो । उक्त फोटोलाई फोटोसपको सहाराले सुन्दर बनाइएको तर्कसहित म्यागाजिनले फोटोलाई फेक भनेको छ । उसको तर्कअनुसार फोटोमा सिनहरू जोडजाड गरिएको छ भने हिउँ चितुवालाई असम्भव स्थानमा देखाएको छ । पत्रिकाले पावलोव्स्कीलाई फोटोसफ विज्ञ पनि भनेको छ ।

‘द फेक स्नो लिओपार्ड फोटोमोन्ताज स्प्रेड एराउन् द वर्ल्ड’ शीर्षकमा हिजो प्रकाशित रिपोर्टअनुसार वास्तविकताभन्दा भिन्न र अनौठोजस्तो लागेपछि पत्रिकाले विश्लेषण गर्ने निर्णय गरेको थियो । खासगरी दुई फोटो हेरिएपछि यसलाई सम्पादन गरिएको निचोडमा आफूहरू पुगेको पत्रिकाको रिपोर्टमा उल्लेख छ ।

हिउँ चितुवाको पृष्ठभूमि तयार गर्न प्रयोग गरिएको पहाडका टुक्राहरू हेर्दा फोटो सम्पादन गरिएको पुष्टि हुने म्यागजिनको दाबी छ । आफूले पत्ता लाएका कुरा र आशंकाबारे थप पुष्टि गर्न पत्रिकले केही विज्ञको भनाइ पनि राखेको छ ।

अमेरिकी फोटोग्राफर कितियाले खिचेका लोभलाग्दा दृश्य (फोटो)

१० मंसिर २०७९