आहा ! दबुङकोट, के छन् विशेषता ? कसरी पुग्ने ?


हरिसिं गुरुङ तनहुँ । २५ फाल्गुन २०७९

तनहुँको ऋषिङ गाउँपालिका ३ स्थित दबुङकोट पर्यटकीय गन्तव्यहरूमध्ये एक विशेष गन्तव्य हो ।

समुन्द्री सतहबाट एक हजार दुई सय १० मिटर उचाइमा दबुङकोट अवस्थित छ । दबुङकोटबाट बिहान सूर्योदय र साँझ सूर्यास्तको मनमहोहक दृष्यावलोकन गर्न सकिन्छ ।

दबुङकोट जानका लागि पहिले दमौली पुग्नुपर्छ । दमौलीबाट सुँडेको पुल हुँदै करिब २ घन्टामा दबुङकोट जान सकिन्छ ।

सुँडे पुलबाट १८ किलोमिटरको दूरीमा दबुङकोट पर्छ । सार्वजनिक बस तथा निजी सवारीसाधन दुवै विकल्प त्यहाँ रहेका छन् ।

दबुङकोटबाट अन्नपूर्ण रेन्ज, बौद्ध हिमाल लगायत अवलोकन गर्न सकिन्छ ।

यस क्षेत्रमा विशेष गरि मकै, सुन्तला, कोदो लगायतको राम्रो खेती हुन्छ।

दबुङकोट मादी र सेती नदीको बीचमा छ । जसले पनि पर्यटकलाई आनन्दित तुल्याउँछ ।

दबुङकोटमा विशेग गरि मगर बस्ती छन् ।

तस्वीरहरू

दबुङकोट आसपासमा  सोफा आकृतिका ढुंगाहरू देखिन्छन् । पहिलेका राजाहरूले ढुंगाको सोफामा बसेको किंवदन्ती छ ।

२५ फाल्गुन २०७९